default_image

1 year ago

November 15, 2022

रोशन र अमिरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी रोशन बलामी र अमिर रानाले सोरिन काइ कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । दुबईमा नोभेम्बर १३ देखि सुरु प्रतियोगिताको पुरुष ७५ केजीमुनि फाइनलमा रोशनले आयोजकलाई ७–० ले पराजित गरे । त्यसअघि रोशनले भारत र फिलिपिन्सका खेलाडीलाई हराएका थिए । पुरुष ८४ केजीमुनि फाइनलमा अमिरले आयोजकलाई नै ८–० […]

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी रोशन बलामी र अमिर रानाले सोरिन काइ कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

दुबईमा नोभेम्बर १३ देखि सुरु प्रतियोगिताको पुरुष ७५ केजीमुनि फाइनलमा रोशनले आयोजकलाई ७–० ले पराजित गरे । त्यसअघि रोशनले भारत र फिलिपिन्सका खेलाडीलाई हराएका थिए ।

पुरुष ८४ केजीमुनि फाइनलमा अमिरले आयोजकलाई नै ८–० ले पाखा लगाए । स्वर्ण भिडन्त अघि अमिरले भारतीय खेलाडीलाई पन्छाएका थिए ।

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

Success

Thank you for your time.