3 years ago
November 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओसिस इङलिस स्कुलको आयोजनामा दोश्रो ओसिस कप उपत्यकाव्यापी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ७ टिमको सहभागिता रहने ओसिसकी संस्थापिका जानुका लिम्बूले जनाएकी छन् ।
ब्वाइज टिमलाई ४ समूह तथा गल्र्सलाई २ समूहमा विजभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । ब्वाइजमा प्रत्येक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । गल्र्सको समूह विजेता र उपविजेता सोझै सेमिफाइनलमा पुग्ने छन् ।
सिनियर ब्वाइजमा आयोजक ओसिस ‘ए’ र ‘बी’, बाल दीक्षा सदन, मेगस, रातो बंगला ‘ए’ र ‘बी’, रेडिअन्ट पब्लिक, रेडिअन्ट रिदर्स, विल्सन एकेडेमी ‘ए’ र ‘बी’, नालन्दा, जेनिथ, एरिस एकेडेमी, एलआरआई तथा नेक्सस एकेडेमीले भाग लिने छन् ।
सिनियर गल्र्समा आयोजक ओसिस, रेडिअन्ट पब्लिक, विल्सन, एनसीसीएस, राराहिल तथा रातो बंगला ‘ए’ र ‘बी’ सहभागी हुने छन् । दुईदिने प्रतियोगिताका खेलहरु ढोलाहिटीस्थित आयोजककै कोर्टमा हुनेछ ।
पहिलो दिन लिग चरणका खेल सम्पन्न हुनेछ । दोश्रो तथा अन्तिम दिन सोमबार नकआउट चरणका खेलाइने ओसिसका बास्केटबल प्रशिक्षक एवं राष्ट्रिय बास्केटबल टोलीका खेलाडी आयुश सिंहले जानकारी दिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]