3 years ago
December 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युनिभर्सिटी र हिमालयन किङ्डम १५ औं माछापुच्छ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

युनिभर्सिटीले नेसनल युनाइटेडलाई २२–१७ ले पराजित गर्यो । युनिभर्सिटीको जितमा सुरज पास्वानले १० अंक योगदान गरे । जाङ्गु लामाले २० अंक सहयोगमा हिमालयन किङ्डमले पृथ्वीलाई ४५–३४ ले हरायो ।
सिनियर ब्वाइजमै गोल्डेनपिकले काठमाडौं भ्यालीलाई ३८–३४, आयोजक भ्याली पब्लिकले एलआरआईलाई ३७–१९, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले एन्जल्स हार्टलाई २९–१६, ग्रिनल्यान्डले टीआईएलाई ३४–२४ र स्किब्सले एचएचसीएलाई ५६–३३ ले पाखा लगाए ।
गोल्डेपिकका दिनेश रतलले १७, भ्याली पब्लिकका सुशान चौधरीले ११, बीएनएका सन्देश खड्काले १०, ग्रिनल्यान्डका सुरेश बिसीले १२ र स्किब्सका जोन चौधरीले १६ स्कोर गरे ।
सिनियर गल्समा ग्रिनल्यान्डले केभीकेएसएसमाथि १८–१२ को जित निकाल्यो । ग्रिनल्यान्डकी जेनिशा श्रेष्ठले ६ अंक जोडिन् । जुनियर ब्वाइजमा बीएनएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १६–१० तथा एन्जल्स हार्टले ग्रिनल्यान्डलाई ३५–२५ ले पन्छाए ।बीएनएका निमा शेर्पाले ६ तथा एन्जल्स हार्टका प्रतीक कँडेलले १६ अंक जोडे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]