3 years ago
December 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड पूरा गरेका छन् ।

गोदावरी नगरपालिका, गोदामचौर निवासी कार्कीले सोही स्थानमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर ९ गते दौड सुरु गरेका थिए ।
जम्मा २ सय २५ किलोमिटरको दूरी तय गर्न ३ दिनमा ३६ घण्टा समय लागेको कार्कीले जनाएका छन् । कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड यात्रा चौथो पटक पूरा गरेका हुन् ।
आफूले निर्माण गरेको हनुमान मन्दिरमा गद्दा निर्माणका लागि आर्थिक सहयोग जुटाउन दौडेको कार्कीले जानकारी गराए । उनको दौड यात्रामा अर्जुनध्वज कार्की, कुमारध्वज कार्की र राजेन्द्र खड्काले आवश्यक सहयोग गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]