3 years ago
December 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक र काष्ठमण्डप १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले एचएचसीएलाई १७–११ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा लोरिशा गौचनले ११ अंक योगदान गरिन् । आस्ना अर्यालको १० अंक सहयोगमा काष्ठमण्डपले ग्रिनल्यान्डलाई २६–१५ ले हरायो ।
सिनियर ब्वाइजमा भ्याली पब्लिक र गोल्डेनपिकले उपाधि भिडन्त पक्का गरे । भ्याली पब्लिकले हिमालयन किङ्डममाथि ६६–३६ को सहज जित दर्ता ग¥यो । भ्याली पब्लिकका अनमोल गुरुङ र सुशान चौधरीले समान १९–१९ अंक जोडे ।
गोल्डेनपिकले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को चुनौती ३९–३७ ले समाप्त पा¥यो । विजेताका दिनेश रापालले १४ स्कोर गरे ।
जुनियर ब्वाइजमा ग्रिनफिल्ड र बीएनए उपाधिका लागि भिड्ने भएका छन् । ग्रिनफिल्डले गोल्डेनपिकलाई २७–२१ ले पाखा लगायो । ग्रिनफिल्डका अर्जुन बस्नेतले १८ अंक जोडे । बीएनएले एन्जल्स हार्टमाथि २४–२३ को कठिन जित निकाल्यो । बीएनएका एलेक्स गुरुङले ११ स्कोर गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]