3 years ago
December 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जेभियर्स र चैतन्य संस्कार शिक्षालय ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

काठमाडौं जेभियर्सले एआईएलाई ३२–१४ तथा चैतन्यले सूर्योदयलाई ११–८ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
सिनियर ब्वाइजमा चैतन्यले डेनेबलाई ३०–२६, स्प्याङ्गलले सेन्टपललाई २१–१९ र एआईएले भद्रघलेलाई ४१–१७ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा चैतन्यले सिर्जनशिललाई १७–११, काठमाडौं जेभियर्सले भद्रघलेलाई ९–३, स्वप्नवाटिकाले स्प्याङ्गललाई १९–८ र इनोभेटिभले हेम्सलाई १७–६ ले पाखा लगाउदै सेमिफाइनलमा यात्रा तय गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]