3 years ago
December 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स ११औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् ।

हेम्सले सिनियर ब्वाइज, इनोभेटिभले सिनियर गल्र्स र काठमाडौं जेभियर्सले जुनियर ब्वाइजको उपाधि जिते । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले एआईएलाई ३४–२७ ले पराजित ग¥यो ।
जितमा हेम्सका हेमन्त राजवंशीले २० अंक योगदान गरे । स्प्याङ्गल तेश्रो भयो । सिनियर गल्र्सको उपाधि भिडन्तमा पूजा थापाको १० अंक सहयोगमा इनोभेटिभले काठमाडौं जेभियर्सलाई १२–७ ले हरायो । चैतन्य संस्कार शिक्षालयले तेश्रो स्थानमा चित्त बुझायो ।
घट्टेकुलोस्थित सूर्योदय माविमा भएको जुनियर ब्वाइजको फाइनलमा काठमाडौं जेभियर्सले चैतन्यमाथि २२–१४ को जित रच्यो । काठमाडौं जेभियर्सका सुविन बस्नेतले ८ स्कोर गरे । सूर्योदय तेश्रो बन्यो ।

सिनियर ब्वाइजमा हेम्सका दृष्य खड्का, सिनियर गल्र्समा इनोभेटिभकी पूजा थापा र जुनियर ब्वाइजमा काठमाडौं जेभियर्सका सुविन बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा एआईएका दिगेश आले मगर, सिनियर गल्र्समा काठमाडौं जेभियर्सकी सन्ध्या थापा र जुनियर ब्वाइजमा चैतन्यका समिर केसी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
सिनियर ब्वाइजमा चैतन्य, सिनियर गल्र्समा स्वप्नवाटिका र जुनियर ब्वाइजमा एआईए अनुशासित टिम चुनिए । विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना, प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्य, प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसी, आयोजक प्याब्सन मध्य क्षेत्रीय कमिटीका अध्यक्ष दिनेशकुमार पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सिनियर ब्वाइजमा १७, सिनियर गल्र्समा १४ र जुनियर ब्वाइजमा ९ गरी जम्मा ४० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]