3 years ago
December 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजन मंगलबारदेखि सुरु हुँदैछ ।

विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि आरएनजीसीमा हुने आयोजकका महासचिव दीपक आचार्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
चारदिनसम्म चल्ने प्रतियोगितामा ३१ व्यवसायिक र ५ एमेच्योर खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ७० हजार रुपैयाँ छ ।
डिसेम्बर २१ देखि २४ तारिखसम्म धरानमा सूर्य नेपाल इस्टर्न ओपन, जनवरी १६–१९ तारिखसम्म गोकर्णमा सूर्य नेपाल सेन्ट्रल ओपन, फेब्रुअरी १ देखि ३ तारिखसम्म आरएनजीसीमा सूर्य नेपाल एनपीजीए म्याच प्ले, फेब्रुअरी २२ देखि २५ तारिखसम्म पोखरामा सूर्य नेपाल वेस्टर्न ओपन हुनेछ ।
मार्च १४ देखि १७ तारिखसम्म आरएनजीसीमा सूर्य नेपाल च्यालेन्ज, अप्रिल १८–२१ तारिखसम्म गोकर्णमा सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप र मे ८–१२ तारिखसम्म गोकर्णमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुनेछ ।
आठ प्रतियोगिताको कूल पुरस्कार राशी ६१ लाख ८५ हजार रुपैयाँ रहेको छ । इस्टर्न ओपन, सेन्ट्रल ओपन, वेस्टर्न ओपन र एपीएजीए टुरको पुरस्कार राशी समान ८–८ लाख रुपैयाँ रहेको छ ।
एनपीजीए म्याच प्लेको २ लाख ५० हजार, नेपाल च्यालेन्जको ५ लाख ४५ हजार र प्रिमियर गल्फको १५ लाख २० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ । एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले युवा खेलाडीको उत्कृष्ट प्रदर्शन हेर्न उत्सुक रहेको बताउदै निरन्तर सहयोगका लागि सूर्य नेपाल प्रा.लि. लाई धन्यवाद दिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]