default_image

1 year ago

December 7, 2022

युनाइटेड पोखरा भलिबल कपको खेल तालिका सार्वजनिक

पोखरा (हाम्रो खेलकुद) – युनाइटेड पोखरा क्लब पोखराको आयोजनामा बिहीबारदेखि शुरु हुने युनाइटेड पोखरा भलिबल कपको सहभागी टोली खेल तालिका सार्वजनिक भएको छ । आयोजक युनाइटेड पोखरा क्लबले बुधबार सहभागी टोलीसँगै खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ समूह ‘ए’ मा गण्डकी प्रदेश […]

201 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – युनाइटेड पोखरा क्लब पोखराको आयोजनामा बिहीबारदेखि शुरु हुने युनाइटेड पोखरा भलिबल कपको सहभागी टोली खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक युनाइटेड पोखरा क्लबले बुधबार सहभागी टोलीसँगै खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान ६ टोलीको सहभागिता रहेको छ ।

पुरुषतर्फ समूह ‘ए’ मा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, अन्नपूर्ण भलिबल संघ र ठकुरी समाज रहेका छन् । समूह ‘बी’ मा एपीएफ मालेपाटन, मट्टिखान र विन्देश्वरी टाँठी छन् । लिग कम नकआउटपछि हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

यस्तै महिलातर्फ समूह ‘ए’ मा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, लामाचौर रातो र शान्त मावि रहेका छन् । समूह ‘बी’ मा लामाचौर सेतो, अर्चलबोट र स्पोर्ट्स हब नेपाल रहेका छन् । महिला तर्फ पनि लिग कम नकआउटपछि हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिता बिहीबारदेखि शुरु भएर २५ गते आइतबारसम्म छन्त्याल समाजको भलिबल कोर्ट नदिपुरमा हुनेछ । पुरुषतर्फको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेले ६६ हजार ६ सय ६६ रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

महिलातर्फ विजेताले ४४ हजार ४ सय रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्् । दोस्रो हुनेले ३० हजार ३० रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

April 22, 2024

जापानमा घनश्याम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानबाट खेलेका गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरी नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घनश्यामले आफ्नो टोली गल्कोट स्पोर्ट्स क्लबलाई च्याम्पियन बनाउन सान्दर प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै घनश्यामले ट्रफीसँगै सम्मान पत्र प्राप्त गरे । […]

April 22, 2024

गल्कोटलाई नवौं सिल्भर रनिङ कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरीसम्मिलित गल्कोट स्पोर्ट्स क्लब जापान टाेकियाेले नवौं सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । सिन्जुकु कोस्मिक स्पोर्ट्स सेन्टरमा सोमबार भएको फाइनलमा गल्कोट समाज जापानलाई २–० को सोझो सेटमा पराजित गर्दै गल्कोट स्पोर्ट्स क्लबले उपाधि जित्न सफल भएको हो । […]

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

Success

Thank you for your time.