default_image

3 years ago

December 9, 2022

दीपक र मन्डेकाजी सम्मानित

472 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युरो किड्स, गोंगबु/काठमाडौं युरो स्कुलले दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

विद्यालयको वार्षिक खेलकुद सप्ताहका अवसरमा दुवैलाई सम्मान गरिएको हो । विद्यालयका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक डा. दीपक गुप्ता, निर्देशकहरु ज्ञानेन्द्रमान जोशी, राजाराम पुडासैनी र राजन कार्कीले उनीहरुलाई प्रशंसा पत्र, खादा र नगद प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका दीपक आठौं र नवौं सागका स्वर्ण विजेता हुन् । मन्डेले नेपालमा भएको १३ औं सागमा दुई स्वर्ण जितेका थिए । मन्डेकाजी एकै संस्करणमा दोहोरो स्वर्ण जित्ने एक्लो नेपाली कराते खेलाडी हुन् ।

विद्यालयले विगतका खेलकुद सप्ताहमा १३ औं सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, करातेका सुमन तिमल्सिनालगायतलाई सम्मान गरेको थियो ।

खेलकुद सप्ताहमा फुटबल, ब्याडमिन्टन, टेबलटेनिस, एथलेटिक्स, बास्केटबल र नेपाली परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो । दीपक र मन्डेकाजीले ब्याडमिन्टनका पदक विजेतालाई सोही अवसरमा पुरस्कृत पनि गरे ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.