3 years ago
December 10, 2022
नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्का आठौं संस्करणको धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बनेका छन् ।

नेपालगन्जमा शनिबार बिहान भएको म्याराथनमा खडकले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । गत वर्ष एपिएफका किरण सिंह बोगटीले जितेका थिए ।
उनी गत संस्करणमा चौथो भएको थियो । चाैथाे बाहेक सबै सस्करणमा सहभागिता जनाएकाे उनले साताैं सहभागितामा सफलता हात पारेका हुन् । उनकाे याे आफ्नाे म्याराथन करिअरकाे पहिलाे उपाधि हाे ।
गत वर्ष पनि दोस्रो भएका आर्मीकै नरेन्द्र रावत यसपटक पनि दोस्रो भए । उनले निर्धारित दुरी २ घण्टा २२ मिनेट २९ सेकेन्डमा निर्धारित दुरी पार गरे । आर्मीकै मोहन देव जोशी २ घन्टा २४ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए । २ घन्टा ४१ मिनेट ५७ सेकेन्डमा दुरी पार गर्दै कमल राज तिमलसेना चौथो भए । रहिवत दाहाल, यामदेव राई, बल बहादुर सुनार र विकास यादव क्रमश पाँचौ देखि आठौं स्थानमा रहे ।
उपाधिसँगै खडकले १ लाख ५० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो भएको नरेन्द्रले ६० हजार, तेस्रो भएको मोहन देवले ३० हजार, चौथो भएको कमल राजले १५ हजार, रुपैयाँ हात पारे ।

बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले आठौं संस्करणको धारा नेपालगन्ज म्याराथन अन्तरगत महिला हाफ म्याराथनको उपाधि जितेकी छिन् । नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दुरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएकी हुन् ।
सान्तोषी सातौं संस्करणको पनि च्याम्पियन हुन् । उनले त्यसबेला १ घण्टा १८ मिनेट ४८ सेकेन्डको समय निकालेकी थिइन् ।अन्जली चौहानी १ घण्टा २५ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो हुन सफल भइन् । अन्जु खड्काले १ घण्टा ३६ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै तेस्रो हुन सफल भइन् ।
च्याम्पियन बनेकी सन्तोषीले ६० हजार रुपैयाँ, पदक र प्रमाण पत्र प्राप्त गर्नेछिन् । दोस्र्रो भएकी अन्जलीले ३० हजार रुपैयाँ र तेस्रो भएकी अन्जुले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार रुपैयाँ हात पार्नेछन् ।
५ किलोमिटर खुल्ला (महिला) मा पुलिसकी राजपुरा पछाई प्रथम, राम माया बुढा दोस्रो र बिमला कार्की तेस्रो भइन् । उनीहरुले क्रमशः २० हजार, १० हजार र ७ हजार रुपैया प्राप्त गरेका छन् ।
१० किलोमिटर खुल्ला (पुरुष) मा मुकेश पाल प्रथम, भुवन राना द्वितिय र सुनिल रम्जाली मगर तेस्रो भए । उनीहरुले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैया पुरस्कार पाए ।
५ किलोमिटर (छात्र) मा अतुल गोडिया पहिलो, सन्तोष विक दोस्रो र केशर जंग रायमाझी तेस्रो भए । ३ किलोमिटर (छात्रा) मा नेहा सापकोटा पहिलो, दीपशिखा शाही दोस्रो र निर्मला सिजापति तेस्रो भइन् । यि दुवै विधाको शीर्ष तीनले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैया हात पारे ।
ह्वील चियरमा महिलामा देउ कुमारी थारु पहिलो, मन कुमारी नेपाली दोस्रो र श्यामकली थारु तेस्रो भइन् । पुरुषमा यज्ञबहादुर खत्री पहिलो, महेश चौधरी दोस्रो र प्रज्वल शाही तेस्रो भए । ह्विलचेयरमा शीर्ष तीनले क्रमश १० हजार, ७ हजार र ५ हजार रुपैया हात पारे ।
किड्स रन (गल्स) मा जेनिशा थापा पहिलो र वैष्णभी मिश्र दोस्रो भइन् । उनीहरुले गिफ्ट ह्याम्पर पाए । ५ किमि कर्पोरेट रनमा योगेन्द्र मल्ल पहिलो, सन्दीप गुरुङ दोस्रो र दुर्गा गहतराज तेस्रो भए ।
कर्पोरेट रनतर्फका विजेताले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी हुन पाउनेछ । त्यसमा हवाई टिकट सहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगन्ज म्याराथनले प्रदान गर्नेछ । म्याराथन पुरा गर्ने सबैलाई फिनिसर मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
विजयी खेलाडीलाई काेहलपुर नगरपालिकाका मेयर पुर्ण आचार्य, धारा तेलको उत्पादक केएल दुगड ग्रुपका सिइओ प्रदीप छाछेड, कान्तिपुर टीभीका सिइओ शिशिर पछाई, आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, १३औं सागका दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठ, नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट लगायतले पुरस्कृत गरे ।
म्याराथन नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट शुरु भएर जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुन सोही रुटमा फर्किएर बीपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न भएको थियो ।
नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार म्याराथनको आयोजना हुँदै आएको छ । यसपटक आम निर्वाचनका कारण केही पछि सरेको हो ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ ।
शिखर प्लाईले सह–प्रायोजन, कान्तिपुर टिभी पावर्ड बाई पार्टनर, होटल सोल्टी वेष्टइन्ड प्रिमियर हस्पिटालिटी पार्टनर, भायोनेट आईएसपी पार्टनर, बडवाइजर सेलिब्रेसन पार्टनर, सगरमाथा सिमेन्ट स्ट्रेन्थ पार्टनर, नेपाली पात्रो कम्युनिटी पार्टनर, दराज इकमर्स पार्टनर, हाम्रो खेलकुद डट कम ब्रोडकास्ट पार्टनर, जिनेपाल फोरके टिभी टेलिभिजन पार्टनर, दैनिक नेपालगन्ज प्रिन्ट मिडिया पार्टनर, नेपाल टेलिकम कम्युनिकेसन पार्टनर, नेपालगन्ज ग्यालेरी र कोहलपुर ग्यालेरी सोसल मिडिया पार्टनर रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षकको रुपमा रहेका छन् ।
त्यसैगरी लुम्बिनी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद र नेपाल पर्यटन बोर्ड महत्वपुर्ण साझेदार एवं प्रवद्र्धकका रुपमा रहेका छन् । सारमाङ देहरादुन म्याराथनसँग पार्टनर म्याराथनका रुपमा रहेको थियाे
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]