default_image

3 years ago

December 10, 2022

सो क्योकुसिनमा नेपाल टिम च्याम्पियन

236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोली ११ स्वर्ण पदकका साथ दोस्रो अन्तर्राष्ट्रिय सो क्योकुसिन कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ।

सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेल परिसरमा शनिवार सम्पन्न प्रतियोगितामा भारतले ८ स्वर्ण जित्दै दोस्रो स्थान हात पार्यो। नेपाल सो क्योकुसिन कराते संघको आयोजना तथा अन्तर्राष्ट्रिय अल गेम्स फेडेरेसनको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा आयोजक नेपाल सहित भारत, बंगलादेश,श्रीलंकार भूटानका २७४ खेलाडीहरुले सहभागिता जनाएको थियो।

प्रतियोगितामा पूरुषको १२,महिला ९ तथा पारा खेलको ४ सहित कुल २५ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा पुरुष २५ केजी तौल समुहमा नेपालका छेसन तामाङ, २५ केजीमा नेपालकै रोचेन मगर, ३० केजीमा विश्वास तामाङ, ३५ केजीमा रोमित महर्जन, ४० केजीमा सञ्जेश गोलान, ४५ केजीमा विवेक तामाङ, ५० केजीमा राजेश नगरकोटी, ५५ केजीमा निरोज नगरकोटी र ७० केजीमा विजय साङतलले स्वर्ण पदक प्राप्त गरे।

त्यसैगरी महिला तर्फ नेपालबाट ४० केजी तौल समुहमा दिक्षा पुन, ६५ केजी तौलमा दिपिका पटेल र खुल्ला तौल समुहमा सुमित्रा नगरकोटीले स्वर्ण पदक जितिन्।

त्यसैगरी भारतबाट स्वर्ण पदक जित्नेहरुमा महिलातर्फ ३० केजीमा प्रतिक्षा रावल, ३५ केजीमा भन्सिका साहु, ४५ केजीमा श्रेया अकोसी, ५० केजीमा रिद्सा सोनु, ५५ केजीमा अदिती दीलिप, ६० केजीमा श्रेया साइकु रहेका छन्।

पुरुषतर्फ खुल्ला तौलमा भारतका सन्दीप गर्ग तथा ६० केजीमा मिहिर दिवाकरले स्वर्ण जिते भने बंगलादेशबाट एकमात्र स्वर्ण ६५ केजीमा अजिज शेखले जिते। यसअघि प्रतियोगिताको उद्घघाटन बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण मन्त्री उमा रेग्मीले गरेका थिए।

नेपाल सो क्योकुसिन कराते संघका अध्यक्ष तथा ललितपुर क्षेत्र नम्वर २ बाट भर्खरै प्रतिनिधि सभामा निर्वाचित रामकृष्ण ताम्राकारको अध्यक्षतामा भएको समारोहमा बाग्मती प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन विशेष अतिथीका रुपमा उपस्थित थिए।

नेपाल सो क्योकुसिन कराते संघका महासचिव तथा ब्राञ्च चिफ राजकुमार श्रेष्ठले प्रतियोगिताको अर्को संस्करण भारतको गुवाहटीमा अर्को वर्ष हुने जानकारी गराएका थिए। प्रतियोगिता दक्षिण एसियाका प्रत्येक राष्ट्रहरुमा हरेक वर्ष पालैपालो आयोजना गर्ने योजना रहेको छ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.