3 years ago
December 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश ढामा आयोजना हुने पाँचौं संस्करणको अन्तर्राष्ट्रिय बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली जुनियर एथलेटिक्स टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।

च्याम्पियनसिपमा यू–१७ का ७ जना र ४ अफिसियल गरि ११ जना त्यसतर्फ प्रस्थान गरेका हुन् । पाँचौं संस्करणको अन्तराष्ट्रिय बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिप ढाकामा मंसिर २७ देखि २९ गतेसम्म आयोजना हुदैछ ।
खेलाडीमा पुष्पराज यादव, ऋषि बहादुर कुमाल, सनिल गोर्खाली, विश्वराम कुँवर, काथ्रिन बसुकला, ब्रिटिशा शिल्पकार र सीमा श्रेष्ठ छन् । उक्त टोलीको टोली नेतामा सिद्धान्त अधिकारी, अफिसियलमा सुषमा पाण्डे, बिना श्रेष्ठ र प्रशिक्षकमा आशाराम गोथे छन् ।
पुष्प राज यादवले १०० मिटर, २०० मिटर दौडमा, ऋषि बहादुर कुमालले १०० मिटर दौड, सनिल गोर्खालीले २०० मिटर दौड र ट्रिपल जम्पमा, विश्वराम कुँवरले ८०० र १५०० मिटर दौडमा भाग लिनेछन ।
महिलातर्फ काथ्रिन बासुकलाले ८०० र १५०० मिटर दौड, ब्रिटिशा शिल्पकारले १०० र २०० मिटर दौडमा तथा सिमा श्रेष्ठले १०० मिटर दौड र हाईजम्पमा सहभागिता जनाउने छन् । यसै गरि पुरुष ४ गुणा १०० मिटर रिले दौडमा पनि सहभागीता रहनेछ ।
च्याम्पियनसिपमा भाग लिने टिमलाई एथलेटिक्स परिवार, नेपालका मानार्थ सदस्य मुकुन्दहरी श्रेष्ठ, बुद्धबीर लामा, सल्लाहकार सुशिल नरसिह राणा, बाबु कृष्ण महर्जन, अध्यक्ष राजन खत्री, उपाध्यक्ष रमेश शाक्य, सदस्य रामकृष्ण महर्जन, सरस्वती खड्का, स्वयम्भु राज डंगोल, राजु सिह, पुर्व खेलाडी रेशम कुमाल, पुष्पलाल श्रेष्ठ, रमेश जैशी लगायतले सफलताको कामनासहित बिदाई गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]