3 years ago
December 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवोदित स्कुलले टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

प्रतियोगिताको फाइनलमा नवोदितले स्वेता सदनलाई ५३–३० ले पराजित ग¥यो । नवोदितका पुजन थपलियाले ३२ स्कोर गरे । पुजननै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
मैपीस्थित गण्डकी पब्लिकको कोर्टमा भएको प्रतियोगितामा ह्वाइट हेभन तेश्रो भयो । ह्वाइट हेभनले बेलमोन्टलाई २२–१३ ले हरायो । विजेताका मिसनबहादुर मगरले ११ अंक जोडे । प्रतियोगितामा स्वेता सदनका जमेश महर्जन सर्वाधिक स्कोरकर्ता बने ।

प्रतियोगिताभर जमेशले १ सय ३ स्कोर गरे । गण्डकी अनुशासित टिम चुनियो । विजेतालाई टप्सका अध्यक्ष आरसी भट्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]