3 years ago
December 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा पुस पहिलो सातादेखि आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

सार्वजनिक भएको तालिका अनुसार नेपालले उद्घाटन खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । सोही दिन किर्गिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल ७ पुसमा हुनेछ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछ । नेपालले राउन्ड रोविन लिगको दोस्रो खेलमा ८ पुसमा श्रीलंकासँग तथा ९ पुसमा किर्गिस्तानसँग खेल्नेछ ।
चार टोलीको मात्रै सहभागिता रहेकाले सबै टोली सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनल १० पुसमा हुनेछ । फाइनल ११ पुसमा शुनेछ । यसअघि ५ देखि १२ पुससम्म हुने भनिएपनि कम टोलीको सहभागिताका कारण च्याम्पियनसिपको समयावधि छोटिएको छ ।
च्याम्पियनसिपका लागि नेपालले १४ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ ।त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा झन्डै १ महिना भएकाे बन्द प्रशिक्षणमा रहेका २० जनाबाट मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट र प्रशिक्षक भरत यादवको टोलीले अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको हो ।
अन्तिम टोलीमा युवा सेटर सुवास कुँवरसँगै गोविन्द टमाटा, तेज नाथ, सुरेन्द्र भाट, प्रेम प्रसाद गौतम र विशाल भण्डारीले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । टोलीसँग राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तरगत भलिबलका मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह पनि हुनेछन् ।
अन्तिम १४ सदस्यीय टोली
धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुरौ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीम राज गुरुङ

December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]