3 years ago
December 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मान बहादुर श्रेष्ठ र दिल सुनार तथा कोपिला उप्रेती र कमला पुनकाे जाेडी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपका लागि छनाेट हुन सफल भएका छन् ।

नेपाल भलिबल संघले मंगलबार गरेकाे अन्तिम छनाेट खेलमा जित निकाल्दै उनीहरु छनाेट हुन सफल भएका हुन् । एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप पुस दोस्रो सातादेखि बंगलादेशस्थित कक्स बजारमा पुस ११ देखि १६ गतेसम्म हुँदैछ ।
कीर्तिपुरस्थित बिच भलिबल कोर्टमा मंगलबार भएको अन्तिम छनोट खेलसँगै बिच भलिबल च्याम्पियनसिपमा समान एक–एक पुरुष र महिला टोलीको टुंगाे लागेकाे हाे ।
पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबका मान बहादुर श्रेष्ठ र दिल सुनार तथा महिलातर्फ नेपाल पुलिस क्लबकी कोपिला उप्रेती र कमला पुन छनोट हुन सफल भएकी हुन् ।
पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबमा मान बहादुर श्रेष्ठ र दिल सुनार तथा महिलातर्फ नेपाल पुलिस क्लबकी कोपिला उप्रेती र कमला पुन छनोट हुन सफल भइन् ।

प्रतियोगिताको अन्तिम छनोटमा मंगलबार पुरुषतर्फ मान बहादुर र दिलको जोडीले एपिएफका राज कुमार निरौला र लक्ष्मण रानाको जोडीलाई २–० को सोझो सेटमा हराउन सफल भयो ।
पहिलो सेटमा २१–१२ को सहज जित निकालेको यो जोडीले दोस्रो सेटमा २१–१६ को जित निकाल्न सफल भयो । खुल्ला छनाेटमा पनि मान र दिलकाे जाेडीले लक्ष्मण र राज कुमारकाे जाेडीलाई पराजित गरेकाे थियाे ।
महिलातर्फ कोपिला र कमलाको जोडीले निरुता ठगुन्ना र रेश्मा भण्डारीको जोडीलाई २१–११ र २१–१९ को सेटमा हराउँदै बिच भलिबलको लागि छनोट हुन सफल भयो । खुल्ला छनाेटमा पनि काेपिला र कमलाकाे जाेडीले रेश्मा र निरुताकाे जाेडीलाई पराजित गरेकाे थियाे ।

संघले गत कात्तिकमा गरेको खुल्ला छनोटबाट शीर्ष दुईमा रहेका टोलीलाई बन्द प्रशिक्षणमा राखेको थियो । यि दुई टोलीबीच एक साताअघिबाट प्रशिक्षण शुरु भएको थियो ।
सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप बंगलादेशको कक्स बजारमा पुस ११ देखि १६ गतेसम्म हुँदैछ । सहभागी टोली र खेल तालिका सार्वजनिक भइसकेको छैन ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]