3 years ago
December 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतको सिक्किममा भएको पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको गण्डकी प्रदेश च्याम्पियन बन्न सफल भएको छ ।

आइतबार भएको फाइनलमा भारतको मणिपुर भलिबल टिमलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बन्न सफल भएको हो ।
प्रतिस्पर्धात्मक पहिलो सेट गुमाएको गण्डकीले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भएको हो । गण्डकीले पहिलो सेट ३०–३२ ले गुमाएको थियो । त्यसपछि दोस्रो सेट २५–२० ले जितेको गण्डकीले तेस्रो सेटमा पनि २५–१९ कै सहज जित निकाल्यो ।
चौथो सेटमा सुरुवातदेखि नै पछि परेको गण्डकीले १९–२१ को स्थितिबाट पूनरागमन गर्दै जित २१ मा रोक्दै २५–२१ को जित निकाल्न सफल भयो । उपाधिसँगै गण्डकीले ८० हजार भारतीय रुपैया र शिल्ड जितेको छ । दाेस्राे भएकाे मणिपुरले ६० हजार भारतीय रुपैयाँ हात पारेकाे छ । गण्डकीका नविन महताे उत्कृष्ट खेलाडी चुनिए ।
४०औं मणिक जयन्ती समारोहको अवसरमा रत्न ज्योति क्लब सिक्किमले भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । ८ टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता डिसेम्वर ११–१८ सम्म भएको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]