default_image

3 years ago

December 20, 2022

यू२३ भलिबल टोली बंगलादेश प्रस्थान

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा बिहीबारदेखि शुरु हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली यू२३ भलिबल टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।

१९ सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशकाे ढाका प्रस्थान गरेको हो । काभा यू२३ भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ ।

नेपाल भलिबल संघले यू२३ पुरुष भलिबल टोली एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई आइतबारै बिदाई गरिसकेको छ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । चार टोलीको मात्रै सहभागिता रहेकाले सबै टोली सेमिफाइनलमा पुगिसकेको छ । सहभागी टोलीले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछ ।

नेपालले च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बंगलादेशसँग ७ पुसमा खेल्दैछ । सोही दिन किर्गिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन लिगको दोस्रो खेलमा नेपालले ८ पुसमा श्रीलंकासँग तथा ९ पुसमा किर्गिस्तानसँग खेल्नेछ ।

१० पुसमा हुने पहिलाे सेमिफाइनलमा राउन्ड रोविन लिगको शीर्ष टाेली र पुछारकाे टाेली तथा दाेस्राे सेमिफाइनलमा राउन्ड रोविन लिगको दाेस्राे र तेस्राे हुने टाेलीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल ११ पुसमा हुुनेछ । साेही दिन तेस्राे र चाैथाेकाे लागि प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपका लागि छनोटमा सहभागी ८० खेलाडीबाट बन्द प्रशिक्षणमा २० खेलाडी छनोट गर्दै त्यसबाट अन्तिम १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षकमा जगदिश प्रसाद भट्ट र प्रशिक्षक भरत यादव रहेका छन् ।

नेपाली यू२३ भलिबल टोली
धिरोज कुमार बस्नेत (कप्तान), रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुरौ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीम राज गुरुङ जगदिश प्रसाद भट्ट (मुख्य प्रशिक्षक), भरत यादव (सहायक प्रशिक्षक), जितेन्द्र श्रेष्ठ (व्यवस्थापक) ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.