default_image

3 years ago

January 3, 2023

सातौ झिल्टुङ क्रस कन्ट्री दौड माघमा

309 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जे गरौ, गज्जवले गरौ भन्ने नाराका साथ नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नम्बर ५ को आयोजना तथा एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुने सातौ झिल्टुङ क्रस कन्ट्री दौड माघ १४ गते शनिबार हुने भएको छ ।

आयाेजक वेलकोटगढी नगरपालिका वडा नम्बर ५ ले प्रेस विज्ञप्ति जारी गर्दै झिल्टुङ क्रस कन्ट्री दौड माघकाे १४ गते हुने जनाएकाे छ । प्रतियोगिताको १३.५ किमि पुरुष तथा महिला विजेतालाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

स्थानीय बेलकोटगढी नगरपालिका भित्रका पुरुष विजेतालाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रो हुनेलाई समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ । ४.५ किमिको खुल्ला जुनियर छात्र तथा छात्रालाई समान ६ हजार, दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेलाई २ हजार रुपैयाँ प्रदान गरिनेछ ।

स्थानीय छात्र, छात्रातर्फ विजेतालाई ६ हजार, दोस्रोलाई ४ हजार र तेस्रो २ हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ । ४.५ किमिको ४५ वर्ष माथिका स्थानीय पुरुष विजेतालाई ६ हजार, दोस्रोलाई ४ हजार र तेस्रो २ हजार  तथा १३.५ किमि.खुल्ला भेट्रान खुल्ला पुरुषतर्फ  विजेतालाई ८ हजार, दोस्रोलाई ६ हजार र तेस्रोलाई ४ हजार प्रदान गरिने छ ।

त्यस्तै ४. ५ किमीको आमा समुह दौडका विजेताले १२ हजार, ९ हजार र  ६ हजार रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् । उक्त दौड प्रतियोगितामा करीव ५०० खेलाडीहरुले भाग लिने अनुमान गरीएको र प्रतियोगिताको अनुमानित खर्च १० लाख रुपैयाँ रहेको छ ।

उक्त दौड प्रतियोगिता कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुनेछ ।

प्रतियोगिताको व्यवस्थापकमा बेल्कोटगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मदन भुजेल र संयोजकमा एथलेटिक्स परिवार, नेपालका सल्लाहकार मोहन नेपाल रहेका छन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.