default_image

3 years ago

January 3, 2023

दोस्रो उमा राष्ट्रिय कराते सुरु

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजुकाई कराते डो संघको आयोजनामा दोस्रो संस्करणको उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिप मंगलबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन काता र कुमुते गरी ९ स्वर्णको छिनोफानो भएको छ । काता विधामा पुरुषतर्फ लुभु डोजोका सागर मोक्तानले स्वर्ण जितेका छन् । लुभुकै अनिल बलले रजत जिते भने थैवका अन्जन मगर र ऋतम्भरा डोजोका सोहन मगरले कांस्य पदक जिते ।

महिलातर्फ मनमैजु डोजोकी पुष्पका लामाले स्वर्ण जितिन् । नेपाल हायासी हा डोजोकी निरुता श्रेष्ठले रजत तथा लुभु डोजोकी आयुशा राई र मानसिंह डोजोकी अनु मोक्तानले कांस्य पदक जिते । कुमुतेतर्फ पुरुषमा ४ र महिलामा ३ स्वर्णको छिनोफानो मंगलबार भयो ।

चावहिलस्थित स्मार्ट प्यालेसको हलमा आयोजित प्रतियोगितामा पुरुष ३० केजूमूनि तौलसमूहमा मनकामना डोजोका समीर रानामगरले थैव डोजोका अर्जुन सुनारलाई हराउँदै स्वर्ण जिते । नेशनल युनाइटेड स्कुलका आदित्य ठाकुर र ऋतम्भरा डोजोका चुङला शेर्पाले कांस्य पदक जिते ।

३५ केजीमूनि तौलसमूहमा नागादेश डोजोका विप्लव श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा आफ्नै डोजोका प्रदीप श्रेष्ठलाई पराजित गरे । यो तौलसूहमा ऋतम्भराका रेमन लामा र श्री कालिका सरन डोजोका दोर्जे तामाङले कांस्य जिते । ४० केजीमूनि तौलसमूहमा ऋतम्भराका राज तामाङले स्वर्ण जित्दा फाइनलमा लुभु डोजोका प्रविण रानामगरलाई पराजित गरे ।

मित्रपार्क डोजोका निश्चल राई र ऋतम्भराका सोहन मगरले कांस्य पदक जिते । ४५ केजीमूनि तौलसमूहमा तोयोकान कराँतेका दिलिप मगरले स्वर्ण जित्दा मनकामना डोजोका सुरेश सेर्पाली रजतमा सीमित रहे । लुभुका अनिल बल र तोयोकानका विवेक तामाङले यो तौलसमूहमा कांस्य जिते ।

महिलातर्फ ३० केजीमूनि तौलसमूहमा थैव डोजोकी जमुना घर्तीमगरले स्वर्ण जितिन् । उनले फाइनलमा श्री कालिका सरनकी लक्ष्मी वाइवालाई पराजित गरिन् । लुभुकी सञ्जु तामाङ र श्री कालिका सरनकी शिक्षा सुनुवारले कांस्य जिते ।

३५ केजीमूनि तौलसमूहमा मानसिंह डोजोकी अनु मोक्तानले मनमैजु डोजोकी प्रतीक्षा तामाङलाई हराएर स्वर्ण जितिन् । लुभुकी सरगम राई र श्री कालिका सरनकी शृष्टी लामाले यो तौलमा कांस्य जिते ।

४० केजीमूनि तौलसमूहमा नोपाल हायासी हा डोजोकी छुनु चाम्लिङ राईले स्वर्ण जित्दा मानसिंह डोजोकी काभ्या गदालले रजत तथा थैवकी नीमा तामाङ र नेशनल युनाइटेड स्कुलकी पेरिशा राईले कांस्य जिते ।

१८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा देशभरका १९ वटा डोजोबाट २ सय ५० जना खेलाडी सहभागी छन् । बाँकी स्वर्णको छिनोफानो बुधबार हुनेछ । प्रतियोगितामा महिला र पुरुषतर्फ ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजीमूनि तौलसमूह तथा ६० केजीमाथि खुला तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ । कातातर्फ महिला र पुरुष एकल विधा पनि समावेश छ ।

यसअघि वागमती प्रदेशसभा सदस्य श्रीराम लामिछानेले प्रतियोगिताको उदघाटन गरेका थिए । कार्यक्रममा वल्र्ड युनाइटेड मार्शल आर्ट ९उमा० लण्डनबाट उपाध्यक्ष र छैटौं डानको उपाधि पाएका गोजुकाई करातेका महासचिव तथा प्रमुख सहायक प्रशिक्षक इन्द्रबहादुर शाही खड्गीलाई पनि शुभकामना तथा बधाई दिइएको थियो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.