default_image

3 years ago

January 4, 2023

सुनिल र नीमा सर्वोत्कृष्ट

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनकामना डोजोका सुनिल समाल र च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ दोस्रो उमा राष्ट्रिय खुला कराते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

सुनिल र नीमा दुवै आ–आफ्नो तौल समूहका स्वर्ण विजेता हुन् । चावहिलस्थित स्मार्ट प्यालेसको हलमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार ९ स्पर्धाको फाइनल खेल सन्चालन भएको थियो ।

जसमा पुरुषतर्फ ५५ केजीमूनि तौलसमूहमा मनकामना डोजोका सुनील सुनीलले च्याम्पियन मार्शल आर्ट्सका अंकित श्रेष्ठलाई फाइनलमा पराजित गरेका हुन् । यो स्पर्धामा ऋतम्भरा डोजोका लाक्पा लामा र नीमा योन्जनले कांस्य जिते ।

पुरुषकै ५० केजीमूनि तौलसमूहमा मानसिंह डोजोका सुविन सुनारले स्वर्ण जित्दा ऋतम्भरा डोजोका विवेन्द्र तामाङ फाइनलमा पराजित रहे । च्याम्पियन मार्शल आर्ट्सका अग्रिम मैनाली र नेपाल हायाशी हा डोजोका उमेश नेपालीले कांस्य जिते ।

६० केजीमूनि तौलसमूहमा ऋतम्भरा डोजोका डेनिल मोक्तानले नागादेश डोजोका विमल कार्कीलाई पराजित गरी स्पर्ण जिते । ज्ञानज्योति स्कुलका अनिश गुरुङ र च्याम्पियन मार्शल आर्ट्सका राजीव खड्काले कांस्य जिते ।

६० केजीमाथि खुला स्पर्धामा च्याम्पियन मार्शल आर्ट्सका अनिल बरामले स्वर्ण जिते । उनले फाइनलमा मनमैजु डोजोका महेश चापागाईंलाई पराजित गरेका हुन् । नेशनल युनाइटेड स्कुलका अनमोल तामाङ र मनमैजु डोजोका कशुभ श्रेष्ठले कांस्य जिते ।

महिलातर्फ ४५ केजीमूनि तौलसमूहमा मनमैजु डोजोकी सविना तामाङले फाइनलमा ऋतम्भरा डोजोकी स्वप्निता वाइवालाई पाराजित गरी स्वर्ण जितिन् । यो स्पर्धामा नेशनल युनाइटेड स्कुलकी अनुरती कार्की र श्री कालिका सरन स्कुलकी दीपाना तामाङले कांस्य जिते ।

५० केजीमूनि तौलसमूहमा मनमैजु डोजोकी पुष्पका लामाले स्वर्ण जितिन् । उनले महिला एकल कातामा मंगलबार पनि स्वर्ण जितेकी थिइन् । प्रतियोगिताको दोहोरो स्वर्ण जित्ने क्रममा उनले ऋतम्भरा डोजोकी रोजी तामाङलाई फाइनलमा हराइन् । च्याम्पियन मार्शल आर्ट्सकी इरा केसी र थैव डोजोकी संगीता लिम्बुले कांस्य जिते ।

५५ केनीमूनि तौलसमूहमा च्याम्पियन मार्शल आर्ट्सकी नीमा तामाङले स्र्ण जितिन् । उनले लुभु डोजोकी आयुशा राईलाई फाइनलमा पराजित गरिन् । ऋतम्भरा डोजोकी अनिशा तामाङ र मानसिंह डोजोकी सविता तामाङले यो स्पर्धामा कांस्य जिते ।

६० केजीमूनि तौलसमूहमा नेपाल हायाशी हा डोजोकी निरुता श्रेष्ठले फाइनलमा लुभु डोजोकी सुप्रिया बोम्जनलाई हराउँदै स्वर्ण जितिन् । लुभुकै बेविशा राई र चौतारा ठूलोसिरुबारी डोजोकी अन्जु तामाङले कांस्य जिते ।

६० केजीमाथि खुला स्पर्धामा मानसिंह डोजोकी प्रविना गुरुङले स्वर्ण जितिन् । उनले फाइनलमा भृकुटी डोजोकी इरा थिङ तामाङलाई पराजित गरिन् । लुभु डोजोकी पहल्का दुरा मगर र ऋतम्भरा डोजोकी प्रशंशा श्रेष्ठले यो स्पर्धामा कांस्य जिते ।

दुई दिनसम्म सन्चालित प्रतियोगितामा १८ स्वर्णका लागि देशभरका १९ डोजोका २५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको पहिलो दिन पुरुष र महिला एकल कातासहित ९ स्वर्णको छिनोफानो भएको थियो ।

प्रतियोगितामा मानसिंह जोडो टिम च्याम्पियन भएको छ । मानसिंहले प्रतियोगितामा ४ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो । त्यस्तै २ स्वर्ण, ३ रजत र ८ कांस्य जितेको ऋतम्भरा डोजो टिम द्वितीय भयो भने २ स्वर्ण र २ रजत जितेको मनमैजु डोजो टिम तृतीय भयो ।

प्रतियोगितामा पदक विजेता खेलाडी तथा टिमलाई काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा सर्वोत्कृष्ट बनेका दुई खेलाडीलाई आयोजक नेपाल गोजुकाई कराते डो संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले व्यक्तिगत रुपमा जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरे ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.