3 years ago
January 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबारदेखि काठमाडौंमा सुरु भएको छ ।

तालिमको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाले एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङलाई प्राविधिक पुस्तक हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।
तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५५ जना सहभागी छन् । साताव्यापी तालिममा मुख्य प्रशिक्षक गुरुङ, कान्ति महतो, राजेश वज्राचार्य, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव युवराज लामा, दिवाकरलाल अमात्य, डा. ज्ञानेन्द्र शाहलगायतले विविध पक्ष बारे प्रशिक्षण दिने छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले बागमती प्रदेशले आफ्नै दक्ष जनशक्ति उत्पादन गर्न तालिम महत्वपूर्ण हुने बताउदै अन्य खेलको पनि क्रमैसंग तालिम सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले तालिममा सहभागी मध्ये उत्कृष्टलाई स्वयंसेवक प्रशिक्षकका रुपमा नियुक्ति दिने बताउदै आगामी राष्ट्रपति रनिङ सिल्ड र दोश्रो बागमती प्रदेश खेलकुदका लागि पनि जनशक्ति तयार हुने बताए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]