10 months ago
January 24, 2023
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले तेस्रो टाइगर कप भलिबलमा घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको खेलमा एपिएफले गण्डकीलाई ३–१ सेटमा पराजित गर्दै राउन्ड रोविन लिगमा शीर्षस्थानमा रहेको […]
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले तेस्रो टाइगर कप भलिबलमा घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।
पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको खेलमा एपिएफले गण्डकीलाई ३–१ सेटमा पराजित गर्दै राउन्ड रोविन लिगमा शीर्षस्थानमा रहेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा एपिएपले पहिलो र दोस्रो सेट क्रमश २५–१९ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २०–२५ ले गुमाएको एपिएफले चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
यस जितसँगै शीर्षस्थानमा रहेको एपिएफको ३ खेलबाट ९ अंक पुगेको छ । पराजित गण्डकीको २ खेलबाट ३ अंक छ । आर्मीको पनि २ खेलबाट ३ अंक छ । पुलिसको ३ खेलबाट २ अंक तथा श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबको २ खेलबाट १ अंक छ ।
टाइगर कपमा बुधबार महिलातर्फ न्यु डायमण्ड र गण्डकी तथा एपिएफ र आर्मीबीच खेल हुनेछ । पुरुषतर्फ आर्मी र गण्डकी तथा एपिएफ र सेन्ट जोसेफबीत खेल हुनेछ । सेमिफाइनलमा लिगको शीर्षस्थानमा रहेको टोलीले चौथो स्थानको टोलीसँग तथा लिगको दोस्रो र तेस्रो हुनेले दोस्रो सेमिफाइनल खेल्नेछ । विजेता फाइनलमा प्रवेश गर्नेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । यसअघि सहभागी हुने भनिएका दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले भाग लिएनन् ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो ।
महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । दुवै इभेन्ट्समा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।
November 24, 2023
नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ । नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको […]
November 20, 2023
एजेन्सी – भारतको आइसिसी विश्वकप उपाधि जित्ने सपना पुन अधुरै रह्यो । घरेलु मैदानमा सानदार प्रदर्शन गरेपनी फाइनलमा अष्ट्रेलियासँग ६ विकेटले हार्न पुग्यो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय […]
November 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण आगामी माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले कोरोना भाइरस (कोभिड–१९) पछि रोकिएको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण माघ १२ देखि २२ गतेसम्म हुने काठमाडाैंमा हुने जानकारी गराएको छ । ११ […]