default_image

3 years ago

January 25, 2023

डायमण्डले भारतीय खेलाडीसम्मिलित गण्डकीलाई हरायो

289 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – तीन भारतीय खेलाडीसम्मिलित घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै मुख्य स्पाइकर प्रतिभा मालीविनाको होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको राउन्ड रोविन लिगको खेलमा डायमण्डले गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो । डायमण्डले पहिलो सेट १९–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो ।

दोस्रो सेटमा २५–१५ को सहज जित हात पारेको डायमण्डले तेस्रो सेटमा २५–१४ को सहज जित हात पार्न सफल भयो । चौथो सेटमा १०–९ को स्थितिबाट लगातार १३ अंक जोडेर जिततर्फ अग्रसर बनेको डायमण्डले २५–११ को सहज जित निकाल्न सफल भयो ।

पहिलो जितसँगै डायमण्ड राउन्ड रोविन लिगमा तेस्रो भएको छ । पराजित गण्डकी अंकविहीन हुँदै पुछारमा रहेको छ । पराजयका बावजुत महिलातर्फ च्याम्पियनसिपमा चार टोली रहेकाले गण्डकीले पनि सेमिफाइनल खेल्नेछ ।

यस जितसँगै डायमण्डले ३ खेलबाट ३ अंक बटुल्दा पराजित गण्डकी राउन्ड रोविन लिगमा अंकविहीन रह्यो । डायमण्डले यसअघि आर्मी र एपिएफसँग हार बेहोदा गण्डकीले तीन टोलीसँग हारको नतिजा आत्मसात् गर्यो । एपिएफ र आर्मीको दुई खेलबाट समान ६ अंक छ ।

अब डायमण्डले सेमिफाइनलमा लिगमा दोस्रो हुने टोलीसँग तथा गण्डकीले लिगको शीर्ष टोलीसँग खेल्नेछ । आज नै केहीवेरमा आर्मी र एपिएफले शीर्षस्थानको लागि प्रतिस्पर्धा गर्दैछ । आज नै पुरुषतर्फ आर्मी र गण्डकी तथा एपिएफ र सेन्ट जोसेफबीच खेल हुनेछ ।

सेमिफाइनलमा लिगको शीर्षस्थानमा रहेको टोलीले चौथो स्थानको टोलीसँग तथा लिगको दोस्रो र तेस्रो हुनेले दोस्रो सेमिफाइनल खेल्नेछ । विजेता फाइनलमा प्रवेश गर्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । यसअघि सहभागी हुने भनिएका दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले भाग लिएनन् ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।

पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो । महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।

तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.