3 years ago
January 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोलीले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।

गण्डकीले साविकको विजेता आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकालेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलको पहिलो सेट गण्डकीले २३–२५ ले गुमाएको थियो । दोस्रो सेट २५–२३ ले जित्दै गण्डकी खेलमा फर्कियो । तेस्रो सेट पुन आर्मीले २५–२३ ले जित्दै खेलमा अग्रता बनायो ।
चौथो सेट गण्डकीले २५–२२ ले आफ्नो पक्षमा पार्दै खेललाई पाँचौ सेटमा लम्ब्याए । निर्णायक तथा पाँचौ सेटमा सुरुवातदेखि नै पछि परेको गण्डकीले १५–१३ ले जित्दै आर्मीलाई हराउन सफल भयो ।
यस जितसँगै गण्डकीले तीन खेलबाट ५ अंक बटुलेको छ । पराजित आर्मीको तीन खेलबाट ४ अंक छ । अपराजित एपिएफको ९ तथा पुलिसको २ तथा श्रीलंकाको १ अंक जोडेको छ । आज नै पुरुषतर्फ शीर्षस्थानमा रहेको एपिएफ र सेन्ट जोसेफबीच प्रतिस्पर्धा हुँदैछ ।
महिलातर्फ बुधबार एपिएफले आर्मीलाई २५–१७, २५–१६ र २५–१५ ले पराजित गरेको छ । यस्तै अर्काे खेलमा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई १९–२५, २५–१५, २५–१४ र २५–११ ले पराजित गरेको छ ।
महिलातर्फ एपिएफ र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको जितसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा शीर्षस्थानमा रहेको एपिएफले पुछारमा रहेको गण्डकीसँग तथा दोस्रो स्थानमा रहेको आर्मी र तेस्रो स्थानमा रहेको न्यु डायमण्डबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइन बिहीबार हुनेछ । तेस्रो स्थानको खेल शुक्रबार तथा फाइनल शनिबार हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]