3 years ago
January 25, 2023
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ अपराजित यात्रालाई निरन्तरता दिने क्रममा श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।

लगातार चौथो जित निकाल्ने क्रममा एपिएफले सेन्ट जोसेफमाथि ३–० को सोझो सेटमा जित निकाल्न सफल भयो । यसअघि एपिएफले आर्मी, पुलिस र गण्डकीलाई पराजित गरेको थियो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा एपिएफले सेन्ट जोसेफमाथि तीनै सेटमा समान २५–२३, २५–२३ र २५–२३ को जित निकाल्यो ।
यस जितसँगै एपिएफ ४ खेलबाट १२ अंक बटुलेर श्रीर्षस्थानमा रहने पक्का भएको छ । यस हारसँगै ३ खेलबाट १ अंक बटुलेको सेन्ट जोसेफको अन्तिम चारमा रहने सम्भावना झिनो बनेको छ । गण्डकीको तीन खेलबाट ५ तथा आर्मीको ३ खेलबाट ४ अंक छ । पुलिसको ३ खेलबाटै २ अंक छ ।
अब सेन्ट जोसेफले अन्तिम चारमा रहन आफ्नो अन्तिम खेलमा गण्डकीलाई पराजित गरेरमात्र पुग्दैन अर्काे खेलमा आर्मीसँग पुलिस सोझो सेटमा पराजित हुनुपर्नेछ । पुरुषतर्फ राउन्ड रोविन लिगको अन्तिम खेलमा बिहीबार गण्डकी र सेन्ट जोसेफ तथा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुँदैछ ।
महिलातर्फ बिहीबार सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा एपिएफ र गण्डकी तथा आर्मी र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]