3 years ago
January 26, 2023
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोली तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब जितविहीन हुँदै बाहिरिएको छ ।

राउन्ड रोविन लिगको अन्तिम खेलमा घरेलु टोली गण्डकीसँग ३–० को सोझो सेटमा पराजित हुँदै सेन्ट जोसेफ बाहिरिएको हो । सेन्ट जोसेफको हारले दुई विभागीय टोली साविक विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आफ्नो अन्तिम खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट गण्डकी २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–१४ को सहज जित हात पारेको गण्डकीले तेस्रो सेटमा पछि परेको स्थिति उल्ट्याएर २५–२३ को जित निकाल्न सफल भयो ।
यस जितपछि गण्डकीले ४ खेलबाट ८ अंक जोडेको छ । पराजित सेन्ट जोसेफले ४ खेलबाट मात्रै १ अंक बटुल्यो । एपिएफ ४ खेलबाट १२ अंक जोडेर सेमिफाइनलमा पुगिसकेको छ ।

आर्मीको ४ तथा पुलिसको ३ अंक छ । आर्मी र पुलिसको खेलपछि शीर्ष चारको वरीयता टुंगो लाग्नेछ । शीर्षस्थानको एपिएफले चौथो टोलीसँग सेमिफाइनल खेल्नेछ । अर्काे सेमिफाइनलमा दोस्रो स्थानको गण्डकी तेस्रो हुने टोलीबीच खेल हुनेछ ।
महिलातर्फ साविक विजेता एपिएफ र उपविजेता आर्मी फाइनलमा पुगिसकेको छ । फाइनल शनिबार हुनेछ । शुक्रबार होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र घरेलु टोली गण्डकी प्रदेशले तेस्रो स्थानको लागि खेल्नेछ । शुक्रबार पुरुषतर्फको सेमिफाइनल खेल हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस तथा दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन बनेको थियो । महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् ।
दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]