3 years ago
January 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको खेलमा आर्मीले पुलिसलाई २५–१७, २५–१९ र २५–२३ को सोझो सेटमा हरायो । हारका बावजुत पुलिस चौथो भएर सेमिफाइनलमा पुगेको छ ।
यस जितसँगै पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा भएको हो । यस जितसँगै आर्मी ४ खेलबाट ७ अंक जोडेर राउन्ड रोविन लिगमा तेस्रो भएको छ । पुलिस २ अंक जोडेर चौथो स्थानमा रह्यो ।
अब सेमिफाइनलमा शीर्षस्थानमा रहेको एपिएफ र चौथो स्थानमा रहेको पुलिससँग खेल्नेछ । यस्तै दोस्रो स्थानमा रहेको गण्डकी र तेस्रो स्थानमा रहेको आर्मीबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।
एपिएफले ४ खेलबाट १२ अंक बटुल्यो । गण्डकीले ८ अंक जोड्यो । श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब १ अंक जोडेर जितविहीन हुँदै बाहिरिएको छ ।
महिलातर्फ साविक विजेता एपिएफ र उपविजेता आर्मी फाइनलमा पुगिसकेको छ । फाइनल शनिबार हुनेछ । शुक्रबार होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र घरेलु टोली गण्डकी प्रदेशले तेस्रो स्थानको लागि खेल्नेछ । शुक्रबार पुरुषतर्फको सेमिफाइनल खेल हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस तथा दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन बनेको थियो । महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् ।
दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]