default_image

3 years ago

January 27, 2023

आर्मीलाई सोझो सेटमा पन्छाउँदै गण्डकी फाइनलमा

380 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पन्छाउँदै घरेलु टोली गण्डकी प्रदेश तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

पहिलो संस्करणको च्याम्पियन गण्डकीले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा गण्डकीको जितमा दुई भारतीय खेलाडी नितिन र अंकितसँगै रवि केसी, घनश्याम चौधरी, विवश आले र हिमाल सुनारीले सानदार प्रदर्शन गरे ।

पहिलो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक जित निकालेको गण्डकीले दोस्रो सेट पनि २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा १५–१७ ले पछि परेको स्थिति उल्ट्याएर जित निकाल्न सफल भयो । तेस्रो सेटमा भने सुरुवातदेखि नै अग्रता लिदै २५–१६ को सहज जित निकाल्न सफल भयो ।

गण्डकीका सेटर विवश प्लेयर अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । गण्डकीकै धनश्याम चौधरी स्पाइकर अफ दि म्याच घोषित भए । गण्डकीले लिग चरणमा पनि आर्मीमाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो ।

आर्मी पहिलोपटक फाइनलमा पुग्न असफल भएको हो । पहिलो संस्करणमा आर्मी फाइनलमा गण्डकीसँग पराजित भएको थियो । दोस्रो संस्करणमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई पराजित गर्दै आर्मी च्याम्पियन बनेको थियो ।

अब उपाधिका लागि गण्डकीले शनिबार विभागीय नेपाल एपिएफ क्लबसँग खेल्नेछ । एपिएफले शुक्रबारै नेपाल पुलिस क्लबलाई २५–१०, २५–२१ र २५–१८ को सोझो सेटमा हराएर फाइनलमा पुगिसकेको छ । फाइनल शनिबार हुनेछ ।

शनिबार नै तेस्रो स्थानको लागि पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ उपाधिका लागि एपिएफ र आर्मीबीच शनिबार नै प्रतिस्पर्धा हुनेछ । महिलतातर्फ घरेलु टोली गण्डकी प्रदेशलाई २५–१९, २५–१६ र २५–१६ को सोझो सेटमा पराजित गर्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गरेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।

पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस तथा दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन बनेको थियो ।

महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.