default_image

3 years ago

February 14, 2023

भ्याली पब्लिक र ग्रिनल्यान्ड क्वाटरफाइनलमा

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र ग्रिनल्यान्ड दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

फाइल तस्विर

मंगलबार भएको खेलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ४२–२२ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा सुनिल पौडेलले २२ अंक योगदान गरे । प्रवीण तामाङको १९ अंक सहयोगमा ग्रिनल्यान्डले पञ्चायणलाई ५८–२५ ले हरायो ।

सिनियर ब्वाइजमै एन्जल्स हार्ट, सेब र नेपाल मोडल क्वाटरफाइनलमा पुगे । एन्जल्स हार्टले नेसनल युनाइटेडलाई २८–१७, सेबले बागमतीलाई ३८–२८ र नेपाल मोडलले टीआईएलाई २६–१४ ले पाखा लगाए । एन्जल्स हार्टका दिलेन्द्र छन्त्यालले १८, सेबका राजन विकले १५ र नेपाल मोडलका निरञ्जन पाण्डेले ७ स्कोर गरे ।

हात्तीगौडास्थित भद्रकाली स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र भ्याली पब्लिकले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

बीएनएले ग्रिनल्यान्डमाथि २६–१३ को जित दर्ता ग¥यो । भ्याली पब्लिकले इबीएलाई २०–१७ ले पन्छायो । भ्याली पब्लिकका विशाल परियारले १४ अंक जोडे ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.