3 years ago
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबको आयोजनामा ‘बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप २०७९’ अर्काे साता आयोजना हुने भएको छ ।

आयोजक न्यू डायमण्डले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन ९ देखि १३ गतेसम्म हुने जानकारी गराएको छ ।
प्रतियोगितामा काठमाडौं र काठमाडौं बाहिरका गरी करिव १२ टोलीको सहभागिता रहने न्यू डायमण्ड युथ स्पोर्टस् क्लबका अध्यक्ष तथा प्रशिक्षक कुमार राईले जानकारी गराए । प्रतियोगिता आयोजना गराउनुको मुख्य उद्देश्य क्लबको निर्माणधीन खेल मैदान निर्माण सहयोगार्थ रहेको अध्यक्ष राईले थपे ।
‘हामीले प्रतियोगिता गराउनुको मुख्य उद्देश्य जुनियर स्तरबाटै खेलाडी उत्पादनसँगै क्लबको निर्माणधीन भलिबल कोर्ट निर्माणमा केही सहयोगको लागि नै हो ।’ अध्यक्ष राईले भने । चन्द्रगिरि नगरपालिका वडा नम्वर १३ का अध्यक्ष श्रीकृष्ण खत्रीले यो प्रतियोगिताको लागि नभई क्लबको निर्माणधीन कोर्टलाई नै सहयोग गर्ने बताए ।

च्याम्पियनसिप फिबको नियममा रही अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रेफ्रीहरुद्धारा लिग कम नकआउट पद्दतिबाट वेस्ट अफ फाइभको आधारमा खेलाइने आयोजकले जनाएको छ । शुत्रबारसम्मको लागि दर्ता समय रहेको र हालसम्म ६ भन्दा बढी टोलीले सहभागिता पक्का गरिसकेको शनिबार टाइसिट निकालिने अध्यक्ष राईले बताए ।
यस च्याम्पियनसिपलाई नेपाल भलिबल संघले स्वीकृतिसँगै प्राविधिक सहयोग गरेको छ । यस्तै प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले पुरस्कारमा सहयोग गरेको छ । नागार्जुन नगरपालिकाले पनि आर्थिक सहयोग गरेको छ । चन्द्रागिरि नगरपालिका च्याम्पियनसिपको संरक्षक रहेको छ ।
प्रतियोगिताको अनुमानित बजेट २१ लाख १० हजार रुपैयाँ रहेको छ । पुरस्कारतर्फ मात्रै १० लाख रुपैयाँ खर्च हुनेछ । क्लबका उपाध्यक्ष तथा कभर्डहल निर्माण समितिको संयोजक किरण कार्कीले कभर्डहल निर्माणमा ४० लाख रुपैया खर्च भइसकेको बताए ।
पुरस्कार राशि
प्रथम पुरस्कार – ५ लाख रुपैया, ट्रफी मेडल र प्रमाणपत्र
दोस्रो पुरस्कार – २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र
तेस्रो पुरस्कार – १ लाख रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र
सान्त्वना पुरस्कार – ५० हजार रुपैया र प्रमाणपत्र
विधागततर्फ
सर्वाेत्कृष्ट खेलाडी – २५ हजार रुपैया, ट्रफी र प्रमाणपत्र
उत्कृष्ट स्पाइकर – १० हजार रुपैया, ट्रफी र प्रमाणपत्र
उत्कृष्ट सेटर– १० हजार रुपैया, ट्रफी र प्रमाणपत्र
उत्कृष्ट ब्लकर – १० हजार रुपैया, ट्रफी र प्रमाणपत्र
उत्कृष्ट सर्भर – १० हजार रुपैया, ट्रफी र प्रमाणपत्र
उत्कृष्ट डिफेन्डर – १० हजार रुपैया, ट्रफी र प्रमाणपत्र
उत्कृष्ट प्रशिक्षक – १० हजार रुपैया, ट्रफी र प्रमाणपत्र
उदियमान खेलाडी – १५ हजार रुपैया, ट्रफी र प्रमाणपत्र
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]