3 years ago
April 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब समूह विजेता बन्दै छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आर्मी समूह ‘ए’ को तथा पुलिस समूह ‘बी’ को विजेता बनेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा सोमबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई तथा पुलिसले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो ।
समूह ‘ए’ को अन्तिम खेलमा आर्मीले गण्डकीमाथि २५–२२, २५–११ र २५–१४ सोझो सेटमा जित निकाल्यो यस जितसँगै अपराजित रहेको आर्मीले चार खेलबाट १२ अंक बटुल्यो । हारका बावजुत गण्डकी समूह उपविजेता बनेको छ । गण्डकीले ८ अंक जोड्याे ।
अर्काे खेलमा पुलिसले एपिएफमाथि २६–२४, २५–२३ र २५–१८ को सोझो सेटम जित निकाल्यो । हारका बाववुत एपिएफ समूह उपविजेता बनेर सेमिफाइनलमा पुग्न सफल भयो ।

अपराजित नै रहेको पुलिसले चार खेलबाट १२ अंक जोड्दा पहिलो हार बेहोरेको एपिएफले ९ अंक जोड्यो । यससँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा आर्मी र एपिएफ तथा पुलिस र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल मंगलबार हुनेछ । फाइनल बुधबार हुनेछ ।
च्याम्पियनसिपमा ११ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । फाइनल २२ चैतमा हुनेछ । च्याम्पियनसिपको विजेताले २ लाख ५० हजार, कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख २५ हजार, कप र मेडल प्राप्त गर्नेछ । तेस्रो हुनेले ६५ हजार, कप र मेडल प्राप्त गर्नेछ ।
च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रशिक्षण ट्रेनिङ गरेका प्रशिक्षकलाई मात्रै उत्कृष्ट प्रशिक्षक प्रदान गरिने आयोजकले जनाएको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]