default_image

3 years ago

April 4, 2023

गण्डकी र एपिएफ फाइनलमा

313 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोली र नेपाल एपिएफ क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

गण्डकीले पुलिसलाई तथा एपिएफले आर्मीलाई पराजित गर्दै फाइनलमा भिडन्त पक्का गरेको हो । समूह विजेता बन्दै सेमिफाइनलकाे यात्रा तय गरेका आर्मी र पुलिस सेमिफाइनलमै पराजित हुन पुग्यो ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा गण्डकीले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो ।

पहिलो र दोस्रो सेटमा २५–२१ र २५–१५ को सहज जित हात पारेको गण्डकीले त्यसपछिको दुई सेट २२–२५ र २०–२५ ले गुमाउँदा खेल पाँचौ सेटमा लम्बियो । पाँचौ तथा निर्णायक सेट गण्डकीले १५–९ ले जित्दै फाइनलमा स्थान बनाउन सफल भयो ।

म‌गलबारै भएको पहिलो सेमिफाइनलमा एपिएफले सुरुवाती सेट गुमाएपनि आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का ग¥यो । पहिलो सेट १८–२५ ले गुमाएको एपिएफले त्यसपछिको तीनै सेट २५–२२, २५–२२ र २५–२१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो ।

फाइनल बुधबार हुनेछ । च्याम्पियनसिपमा ११ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपको विजेताले २ लाख ५० हजार, कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख २५ हजार, कप र मेडल प्राप्त गर्नेछ । तेस्रो हुनेले ६५ हजार, कप र मेडल प्राप्त गर्नेछ ।

च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रशिक्षण ट्रेनिङ गरेका प्रशिक्षकलाई मात्रै उत्कृष्ट प्रशिक्षक प्रदान गरिने आयोजकले जनाएको छ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.