3 years ago
April 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ समूह ‘ख’ को उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।
पहिलो सेट २३–२५ ले गुमाएको एपिएफले त्यसपछिको तीनै सेट २५–१८, २५–१२ र २५–२१ ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो । एपिएफको जितसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सुदूर पश्चिम भने दुई खेलमै हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
यसअघि नेपाल आर्मी र नेपाल पुलिस क्लब समूह विजेता तथा गण्डकी प्रदेश समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुगिसकेको छ । अब पहिलो सेमिफाइनलमा एपीएफ र आर्मीबीच तथा दोस्रो सेमिफाइनल पुलिस र गण्डकीबीच खेल हुनेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।
पाँच दिनसम्म लिगकम नकआउटको आधारमा सञ्चालन हुन प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख रुपैयाँ र सन्त्वना पुरस्कार ५० हजार रुपियाँ पाउनेछ ।
विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १० हजार र सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । पोष्टबहादुर बोगटीको सम्झनामा आयोजित भलिबल प्रतियोगितामा तीन विभागीय, गण्डकी र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]