default_image

5 months ago

April 16, 2023

स्ट्रिट वर्कआउट शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युथ फिटनेश एण्ड केलिस्थेनिक्स (एनवाईएफसी) संस्थाको आयोजनामा पाँचौ राष्ट्रब्यापी स्ट्रिट वर्कआउट प्रतियोगिता शनिबार हुने भएको छ । हिमालयन क्विस्टा प्रोको (प्रोटिन सप्लिमेन्ट कम्पनी) मुख्य प्रायोजनमा नारायण चौर नक्सालमा शनिबार हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बार वर्कआउट र सर्किट वर्कआउट गरि दुई विधामा हुने प्रतियोगितामा पुरुष […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युथ फिटनेश एण्ड केलिस्थेनिक्स (एनवाईएफसी) संस्थाको आयोजनामा पाँचौ राष्ट्रब्यापी स्ट्रिट वर्कआउट प्रतियोगिता शनिबार हुने भएको छ ।

हिमालयन क्विस्टा प्रोको (प्रोटिन सप्लिमेन्ट कम्पनी) मुख्य प्रायोजनमा नारायण चौर नक्सालमा शनिबार हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

बार वर्कआउट र सर्किट वर्कआउट गरि दुई विधामा हुने प्रतियोगितामा पुरुष बार, पुरुष सर्किट, महिला सर्किट, सिनियर ४० बर्ष माथिको सर्किट र अन्डर १६ बार गरि ५ समूहमा नेपालभरिबाट ३५० देखि ४०० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसबाट छनोट भएका अन्तिम २ सय खेलाडीले फाईनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

बार वर्कआउट र सर्किट वर्कआउटको संयुक्त विधामा कम समयमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विजयी घोषित गरि फिटनेश एथलेट उपाधिसहित नगद ५१ हजारका साथ स्वर्ण पदक र प्रमाण पत्र प्रदान गरिनेछ ।

विधागत प्रथम, द्वितीय तथा तृतीय हुने खेलाडीले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिने छ । प्रतियोगिताको अनुमानित बजेट २० लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

September 20, 2023

वीरजङ स्मृति खुल्ला पुरुष भलिबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । महासंघले बुधवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता असोज १८ देखि २१ गतेसम्म काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने महासंघका महासचिव विनोद चन्दले जानकारी गराए । प्रतियोगिताको विजेताले ५ लाख […]

September 20, 2023

एसियाड भलिबल: इरानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘बी’ को खेलमा नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै एसियाडमा लगातार दोस्रो हार बेहोरेको हो । चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा बलियो इरानविरुद्ध नेपालको प्रदर्शन तीनै सेटमा […]

September 19, 2023

गण्डकीका रवि सर्वाेत्कृष्ट

पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेशका ओपन स्पाइकर रवि केसी लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, […]

Success

Thank you for your time.