3 years ago
May 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा बुधबारदेखि सुरु हुने छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४८ टिमको सहभागिता रहने भएको छ ।

सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
सिनियर ब्वाइज टिमलाई ८ समूह तथा बाँकी समूहका टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । सिनियर ब्वाइजको खेल भने थ्री बाइ थ्री फर्मेटमा हुनेछ ।
साताव्यापी प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने बीएनएका को–ओर्डिनेटर सन्तोष फुयाँलले बताए । खेलहरु बसुन्धरास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्ड, जुनियर ब्वाइजमा एन्जल्स हार्ट र सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]