3 years ago
May 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बसुन्धरास्थित आफ्नै कोर्टमा बीएनएले काठमाडौं ग्लोबललाई १९–१४ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । बीएनएकी स्मृति खत्रीले १३ अंक जोडिन् ।
सिनियर गल्र्समै लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले स्किब्सलाई २०–१२ तथा एचएचसीएले बेल मोन्टलाई २९–१४ ले हराए । एलएनएकी सदिक्षा गुरुङ तथा एचएचसीएकी सरा राईले समान ८–८ स्कोर गरे ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले सेबलाई २०–१०, गोल्डेनपिकले पारामाउन्टलाई २२–७, ओडिसीले ग्रिनल्यान्डलाई १७–१४ र स्किब्सले एचएचसीएलाई १९–१० ले पाखा लगाए ।
एन्जल्स हार्टका रुपेश पौडेलले ९, गोल्डेनपिकका अमन गुरुङले १०, ओडिसीका सुहान तामाङले ७ र स्किब्सका सोहन ठकुरीले ८ अंक जोडे ।
सिनियर ब्वाइजको थ्री बाइ थ्रीको एक मात्र प्रतिस्पर्धामा ओडिसीले काठमाडौं ग्लोबलमाथि १३–८ को जित दर्ता ग¥यो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]