3 years ago
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले प्रथम इन्डो–नेपाल खुला कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । नेपालले थप ३ रजत र २ कांस्य पदक पनि जितेको छ ।

नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका प्रमुख प्रशिक्षक हरिशरण केसीले नेपालले प्रतियोगितामा ४ स्वर्णसहित ३ रजत र २ कांस्य गरी कुल ९ पदक जितेको जानकारी गराए ।
भारतको भिषाखापट्नममा मे २६ देखि २८ तारिखसम्म भएको प्रतियोगितामा सागर काफ्ले, शब्द कुँवर, अर्पण भण्डारी र विवेक विकले स्वर्ण जिते ।
दोहोरो पदक जितेका सागरले रजत पनि हात पारे । सावित्री भण्डारी र मनीष रोका मगरले रजत तथा सुगन बस्याल र विशन थापा मगरले कांस्य प्राप्त गरे ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]