3 years ago
June 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भद्रकाली र साइपाल एकेडेमीले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भद्रकालीले स्कोलर्स होमलाई ४३–३७ ले पराजित ग¥यो ।
भद्रकालीको जितमा प्रतीक राईले २० अंक योगदान गरे । आयुश खड्काको ९ अंक सहयोगमा साइपालले बीएमसीए ‘ए’ लाई २९–२० ले हरायो । सिनियर ब्वाइजमै सेन्ट जोसेफले एचएचसीएलाई ५२–४९ तथा बूढानीलकण्ठ आश्रमले नेसनल युनाइटेडलाई ३२–२५ ले पाखा लगाए ।
सेन्ट जोसेफका निकेश तामाङले २५ तथा बूढानीलकण्ठका रेगन गुरुङले १३ स्कोर गरे । सिनियर गल्र्समा एचएचसीएले साइपाललाई ३१–२३ तथा ग्रिनल्यान्डले सेन्ट जेभियर्सलाई २१–१७ ले पन्छाए । एचएचसीएकी प्रमिला लामा तथा ग्रिनल्यान्डकी श्रृषा गुरुङले समान ६–६ स्कोर गरे ।
जुनियर ब्वाइजमा स्किब्सले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २३–२०, हिमालयन किङडमले बीएमसीएलाई ३०–२१ र एन्जल्स हार्टले ग्रिनल्यान्डलाई २५–२० ले पराजित गरे । स्किब्सका सोहन ठकुरीले ११, हिमालयन किङडमका लोप्साङ तामाङले १४ र एन्जल्स हार्टका अंक्स घलेले ६ अंक जोडे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]