3 years ago
June 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तार्केश्वर नगर प्याब्सनको आयोजनामा प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा जुनियर ब्वाइजमा १६ तथा सियिनर गल्र्समा १२ गरी २८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक एवं आयोजकका उपाध्यक्ष गोपाल बुढाथोकीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । जुनियर ब्वाइजमा एन्जल्स हार्ट, गिनिज पब्लिक, हिरश्मी, जीवन ज्योति, काठमाडौं लिङकन, लालीगुराँस विद्याकुञ्ज, लालीगुराँस नेसनल एकेडेमी, ल्यान्डमार्क एकेडेमी, नर्थ भ्याली, प्रारम्भ वल्र्ड, रोजमेरी आइडल, सेक्रेट हार्ट, सिद्धार्थ मोडल, स्प्रिङ भ्याली, सिर्जना ज्ञान सागर र एन्जल्स हार्ट नेसनल स्कुलले भाग लिने छन् ।
सिनियर गल्र्समा एन्जल्स हार्ट, हिमरश्मी, काठमाडौं लिङकन, लालीगुराँस, ल्यान्डमार्क, न्यु एरा, नर्थ प्वाइन्ट, नर्थ भ्याली, पद्यचक्र, रोजमेरी, स्प्रिङ भ्याली र सिर्जना ज्ञान सागरले खेल्ने छन् ।
साताव्यापी प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ४५ हजार २ सय रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । खेलहरु मनमैजुस्थित लालीगुराँसको कोर्टमा खेलाइने छ । उपाध्यक्ष बूढाथोकीले विद्यार्थीमा अन्तरनिहीत क्षमताको पहिचान गर्न प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरे ।
आयोजकका अध्यक्ष धनबहादुर पुनले खेलकुद राष्ट्रलाई योगदान दिने महत्वपूर्ण माध्यम भएकाले हरेक विद्यालयले खेलकुदलाई विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]