9 years ago
January 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन जुडोकी फुपुल्हामु खत्रीलाई नेपाल जुडो संघले मंगलबार २५ हजार रुपैयाँबाट पुरस्कृत गरेको छ । रियो ओलम्पिक– २०१६मा फुपुले महिला ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले एक बाउट पूरा समय (४ मिनेट) टिकेर खेलेकोमा फुपुलाई पुरस्कृत गरेको हो । फुपुलाई एक बाउट पूरा समय टिकेको खण्डमा २५ हजार रुपैयाँबाट पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

ओलम्पिकको जुडोमा पूरा समय टिकेर खेल्ने फुपु पहिलो नेपाली जुडो खेलाडी हुन् । फुपुले क्युबाकी इस्पिनोसासंग पूरै अवधि टिकेर खेलेकी थिइन् । ओलम्पिकमा सहभागी हुने फुपु चौथो नेपाली जुडो खेलाडी हुन् । फुपुअघि ऋषिराम प्रधान, गंगाबहादुर डंगोल र देबु थापाले ओलम्पिकको विभिन्न संस्करणमा सहभागिता जनाएका थिए । रियो ओलम्पिकमा देबु प्रशिक्षकका रुपमा सहभागी भएकी थिइन् । देबुलाई १० हजार रुपैयाँबाट पुरस्कृत गरियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले फुपुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । सोही अवसरमा भारतको केरलामा गत सेप्टेम्बरमा भएको १० औं एसियाली क्याडेट तथा १७ औं एसियाली जुनियर जुडो प्रतियोगितामा पदक जित्ने दुई महिला खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पनि पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने खेलाडीमा फुपुसहित मनीता प्रधान श्रेष्ठ छन् । फुपुले जुनियर ६३ केजीमुनि तथा मनीताले क्याडेटतर्फ ५७ केजीमुनि कांस्य जितेका थिए । दुवैलाई समान १० हजार रुपैयाँ प्रदान गरिएको थियो । प्रशिक्षक रमेश मगर र देवीका खड्कालाई ४ हजार रुपैयाँ तथा व्यवस्थापक धर्मरत्न पाछै र गायत्री बस्नेत समान ३ हजार रुपैयाँ पुरस्कृत गरियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]