default_image

2 years ago

July 15, 2023

हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तानबाट हटाइए

754 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले हरि हजुर थापालाई राष्ट्रिय टोलीको कप्तानबाट पद मुक्त गरेको छ । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण हरि हजुरलाई कप्तानीबाट पद मुक्त गरिएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्ध खेलका दौरान भएको घटनामा हरि हजुर दर्शकतर्फ आक्रोशित भएको भूमिकाप्रति संघ सन्तुष्ट हुन नसकेकोले कारवाही गरिएको श्रेष्ठले बताए ।

‘उनमा राष्ट्रिय टोलीको कप्तानी गर्ने क्षमता देखिएन’, श्रेष्ठले भने, ‘त्यसैले उनीमाथि कारवाही स्वरुप पदमुक्त गर्ने निर्णय गरिएको हो ।’

संघले गत महिना मात्र हरि हजुरलाई राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो । इम रानाले राष्ट्रिय टोली प्रशिक्षणमा सहभागी नहुने निर्णय गरेपछि हरि हजुर नयाँ कप्तान नियुक्त भएका थिए । हरि हजुरको कप्तानीमा नेपालले कीर्गिस्तानमा काभा नेसन्स लिग खेलेको थियो । जसमा नेपालले सबै ६ खेल गुमाएको थियो ।

पिएम कपकै सोमबारको सो घटनामा दर्शकलाई हात पात गरेका राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्टलाई संघको शनिबार बसकेको कार्यसम्पादन समितिले ६ महिनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरि प्रतिबन्ध लगाएको छ । सोही घटनामा आक्रोशित व्यवहार देखाएका राष्ट्रिय टोलीका सदस्य समेत रहेका आर्मीका राजेन्द्र विष्ट र अर्का खेलाडी धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ । त्यस्तै अर्का खेलाडी दुर्गाबहादुर खड्कालाई सचेतना गराउने निर्णय गरेको संघले गरेको छ ।

घटनाका बारेमा छानविन गर्न बनेको ५ सदस्यीय समितिले बुझाएको प्रतिवेदन र त्यसले दिएको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको शनिबार बसेकोे बैठकले कारवाही गरेको संघका महासचिव श्रेष्ठले जानकारी दिए ।

त्यस्तै संघलाई खेलाडी,दर्शक र भलिबलमा संलग्नहरुको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा ध्यान दिन पनि समितिले संघलाई सुझाव दिएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘सहभागी क्लबका खेलाडीलाई अनुशासनमा राख्न अनुरोध गर्ने निर्णय गरेको छ।’

विवादित खेलको रेफ्री गरेका चित्र गुरुङ र अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरि कारवाही गरेको छ । संघका महासचिव तथा प्रतियोगिता संयोजक रोशन श्रेष्ठको संयोजक रहेको छानविन समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन रहेका थिए ।

छानविन समितिले आर्मीका खेलाडी, टोली, उजुरी दिने दर्शक लगायतको बयान लिएको थियो । गण्डकी प्रदेशविरुद्ध तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा थियो । रेफ्रीले चेकआउट हुँदा अंक आर्मीलाई दिएको भन्दै गण्डकीका खेलाडी असन्तुष्ट जनाएका थिए । त्यसैक्रममा आर्मीका खेलाडीलाई दर्शकले पछाडिबाट अपशब्द बोल्नुको साथै बोतल प्रहार गरेपछि खेलाडी संयमित हुन नसक्दा उक्त घटना घटेको थियो ।

त्यसैक्रममा धनबहादुरले दर्शकलाई मुक्का प्रहार गरेका थिए । हरि हजुर, राजेन्द्र, धनपति दर्शकसँग आक्रोशित भएका थिए । उपाधिको प्रमुख दाबेदार आर्मी उक्त घटनापछि भने कमजोर देखिएको थियो । नेपाल पुलिस क्लबसँग ३–० र हेल्प नेपालसँग ३–१ ले पराजित हुँदै आर्मी बाहिरिएको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.