default_image

5 months ago

December 17, 2023

आर्सनल र एस्टन भिल्ला विजयी

744 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनल र एस्टन भिल्ला विजयी भएका छन् । आर्सनलले ब्राईटन विरुद्ध जित हासिल गर्दै भिल्लाले ब्रेन्टफोर्डलाई हराएको छ । आर्सनलले घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा ब्राईटनलाई २–० ले हरायो ।

ग्याब्रिएल जिससले ५३औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । बुकायों साकाको कर्नर ब्राईटनले क्लियर गर्न नसकेपछि फार–पोस्टमा हेडर मार्फत गोल गरेका थिए ।

अर्को गोल भने आर्सनलले ८७ औं मिनेटमा गरेको थियो । एडी एन्केटियाको पासमा काई हावर्ट्जले गोल गर्दै जित निश्चित गरे । जित पछि आर्सनल १७ खेलमा ३९ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ ।

यस्तै एस्टन भिल्लाले ब्रेन्टफोर्ड विरुद्ध पुनरागमन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । भिल्लाको जितमा एलेक्स मोरेनो र ओली वाटकिन्सले गोल गरेका हुन् ।

जित पछि भिल्लाको १७ खेलमा ३८ अंक पुगेको छ । आइतबार राती १०ः१५ बजे हुने खेलमा म्यानचेस्टर युनाइटेड विरुद्ध जित हासिल गर्न सके लिभरपुलले आर्सनललाई उछिन्दै पहिलो स्थानमा पुनः उक्लिने छ ।

May 11, 2024

गिल र सुदर्शनको शतकसहित गुजरातको जित

एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई‌ सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 6, 2024

नेपाल इङ्ल्यान्ड ‘सि’ सँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्ड ‘सि’ सँग पराजित भएको छ । इङ्ल्यान्ड नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार भएको खेलमा नेपाल २-० ले पराजित भएको हो । नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि परेको थियो। इंग्लिस टोलीका लागि आठौं मिनेटमा निक काबाम्बाले […]

Success

Thank you for your time.