10 years ago
September 24, 2015
काठमाडौं, असोज ७
चेस खेलाडी भएकै कारण दुई जनाले रुसमा छ बर्षे अध्ययन छात्रबृति पाएका छन् ।
पछिल्लो केही बर्षयता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेसमा उच्च प्रदर्शन गरेपछि नेपाल बुद्धिचाल संघको सिफारिसमा रुपेश जैसवाल र विवेक थिङले छात्रबृति पाएका हुन् । दुवै खेलाडी बिहीबार रुस प्रस्थान गरेका छन् । उनीहरुले अब रुसको पिल्स फ्रेन्डसिप युर्निभसिटी अफ मस्कोमा अध्ययन गर्नेछन् ।
केहि महिनाअघि नेपाल भ्रमणका क्रममा विश्व बुद्धिचाल महासंघ (फिडे) का अध्यक्ष किर्सान इल्युमझिनोभले दुई नेपाली खेलाडीलाई व्यक्तिगत प्रयासमा छात्रबृतिको व्यवस्था मिलाइदिने वाचा गरेका थिए । सोही वाचा अनुरुप नेपाली खेलाडीले अवसर पाएका हुन् । विभिन्न उमेर समूहमा च्याम्पियन रहिसकेका रुपेश राष्ट्रिय टिम च्याम्पियन गोल्डेन गेट क्लबका सदस्य हुन् । यसै बर्ष उनले सिंगापुरमा आयोजना भएको एसियन एज ग्रुप चेस प्रतियोगिताको ¥यापिड र ब्लिट्जमा पदक जितेका थिए । त्यो नेपालले चेसमा जितेको अहिले सम्मको ठूलो पदक हो । उनी २२ सय रेटिङ पार गर्ने दोस्रो नेपाली हुन् ।
विवेक यु–१९ च्याम्पियन खेलाडी हुन् । दुवैले ग्रान्ड मास्टर (जिएम) बन्ने लक्ष्य रहेको सुनाए । फिडे मास्टर रुपेशले भने ‘चेसबाट देशलाई चिनाउन चाहन्छु । एसियाली पदक जितेपछि देशको लागि केही गरे भन्ने लाग्छ । जिएम बन्ने लक्ष्य छ । रुसको अध्ययनले त्यसमा मद्दत गर्न सक्छ ।’ ‘इन्टरसनेल मास्टर (आइएम) हुँदै जिएम पुग्न चाहन्छु,’ विकेकले भने,‘विश्व च्याम्पियनसिपमा पदक जित्न पक्कै सहज छैन । एसियाली स्तरको प्रतियोगितामा पदक जित्ने प्रसास गर्छु ।’
बुद्धिचाल संघका अध्यक्ष राजेशहरी जोशीले दुई खेलाडीले छ बर्षे रुस बसाइमा पहिलो बर्ष भाषा र त्यसपछि अध्ययनमा बिताउनु पर्ने जानकारी दिए । उनका अनुसार रुसमा हुने सबै खाले प्रतियोगितामा रुपेश र विवेकले भाग लिन पाउनेछन् । जोशीले हरेक बर्ष दुई नेपाली खेलाडीले पूर्ण छात्रबृति पाउने बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]