default_image

9 years ago

February 1, 2017

मञ्चलाई सहयोग गर्ने अध्यक्ष कासिमको प्रतिबद्धता

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद पत्रकारितको स्तर उन्नतीका लागि एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) सहयोगका लागि तयार रहेको अध्यक्ष मोहम्मद कासिमले बताएका छन् ।

qaseem

दुई दिने नेपाल भ्रमणका क्रममा बुधबार नेपाल खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालय भ्रमण गरेका अध्यक्ष कासिमले भने ‘छ महिनाभित्र दोस्रोपटक नेपाल आउन पाउँदा खुसी लागेको छ । नेपाल मेरो लागि दोस्रो घर हो र फेरि पनि आइरहने चाहना छ । दक्षिण एसियाली खेल पत्रकारको लागि प्रशिक्षण आयोजना गर्न र स्तरीय मिडिया सेन्टर निर्माणको लागि तत्काल मञ्चलाई सहयोग गर्न चाहन्छौं । अन्य ठूला कार्यक्रम र योजनामा पनि मञ्चसँग सहकार्य गर्न चाहन्छौं ।’

त्यस अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले भने, ‘६ महिनाभित्र उहाँको दोस्रोपल्ट भएको नेपाल भ्रमणले पनि मञ्च र एआईपीएस एसियाबीचको सम्बन्ध कस्तो छ भन्ने देखाउँछ । हामी खेलकुद पत्रकारिताको अभिबृद्धिको लागि हातेमालो गर्दै अघि बढ्न चाहन्छौं । चाँडै नेपाल र बहराइनका खेलकुद पत्रकारबीच भ्रमण आदनप्रदान पनि हुदैछ ।’

बहराइनका नागरिक रहनुभएका कासिमलाई मञ्चका अध्यक्ष महेश आचार्य, निवर्तमान अध्यक्ष अजय फुयाल, प्रथम उपाध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र), उपाध्यक्ष सञ्जिव शिल्पकार, महासचिव प्रकाश तिमल्सिनालगायतले स्वागत गरे । उक्त अवसरमा एआईपीएस एसियाका कोषाध्यक्ष निरन्जन राजवंशी र मञ्चका अन्य सदस्यको पनि उपस्थिति थियो । पल्सर स्पोर्टस अवार्ड र एआइपिएस एसियाको कार्यसमितिको बैठकका क्रममा कासिमसहित अन्य पदाधिकारी साउनको पहिलो साता नेपाल आएका थिए । बंगलादेश हुदै मंगलबार काठमाडौं आउनुभएका कासिम बिहीबार फर्कनेछन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.