default_image

2 years ago

June 5, 2024

डायमण्डमाथि आर्मीको पूनरागमन जित

487 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –विभागीय त्रिभुवन आर्मी क्लबले चन्द्रागिरि नगरपालिका महिला भलिबल टिममाथि पूनरागन जित दर्ता गरेको छ ।

सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै आर्मीले डायमण्डमाथि ३–२ को पूनरागमन जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलको पहिलो र दोस्रो सेट आर्मीले २५–२७ र २०–२५ ले गुमाएको थियो । तर, त्यसपछिको तीनै सेट आर्मीले क्रमश २५–१७, २५–२३ र १५–१२ को सेटमा आफ्नो पक्षमा पार्यो ।

दोस्रो जित निकालेको आर्मीले चार खेलबाट ६ अंक जोडेको छ । डायमण्डको यो लगातार चौथो हार हो । डायमण्डको चार खेलबाट २ अंक छ ।

बुधबारकै अर्काे खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि २५–७, २५–६ र २५–८ को सेटमा सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेकाे छ ।

लगातार चौथो जितसँगै ११ अंक जोडेर पुलिस शीर्षस्थानमा उक्लिएको छ । यस जितसँगै पुलिस फाइनलमा प्रवेश गरेकाे छ । एक खेल कम खेलेको एभरेस्ट भलिबल क्लबको ९ अंक छ ।

नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको । लिगको दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवैतर्फको उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.