1 year ago
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले आठौं प्रधानमन्त्री एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
पुलिसले आर्मीमाथि ३–१ को सेटमा जित दर्ता गरेको हो । पहिलो सेट गुमाएको पुलिसले त्यसपछिको तीनै सेटमा जित निकाल्यो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेटमा आर्मी भाग्यशाली सावित बन्यो । पहिलो सेटमा आर्मी २७–२५ ले अघि रह्यो । दोस्रो सेट पनि उत्तिकै प्रतिस्पर्धात्मक हुदा पुलिसले २६–२४ को जित निकाल्यो ।
त्यसपछिको बाँकी सेटमा रविन चन्द र रविन नगरकोटीको सानदार प्रदर्शनमा पुलिसले २५–२१ र २५–१८ को सहज जित निकाल्यो ।
यस जितसँगै पुलिसले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । पुलिसको ५ खेलबाट १४ अंक पुगेको छ । पहिलो हार बेहोरेको आर्मीको खेलबाट १२ अंक छ ।
पुरुषतर्फ सुदुरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ । पहिलो सेट गुमाएको सुदुरपश्चिमले त्यसपछिको तीनै सेटमा जित निकाल्यो ।
सुदुरले कोशीमाथि १९–२५, २५–२१, २५–२२ र २५–१६ को सेटमा जित निकाल्यो । यसअघि सुदुर आर्मी, गण्डकी, पुलिस र हेल्प नेपालसँग पराजित भएको थियो । कोशीको भने यो लगातार पाँचौं हार हो । कोशीले पनि आर्मी, हेल्प नेपाल, गण्डकी र पुलिससँगै हार बेहोरेको थियो ।
महिलातर्फ कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा परजित गर्दै नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ । पुलिस अपराजित रहँदै फाइनलमा पुगेको हो ।
लगातार चौथो जितसँगै शीर्षस्थानमा उक्लिएको पुलिसको ११ अंक पुगेको छ । एक खेल कम खेलेको एभरेस्ट भलिबल क्लबको ९ अंक छ । कर्णालीले भने अंकको खाता खोल्न सकेको छैन ।
महिलातर्फको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिममाथि ३–२ को पूनरागमन जित निकालेको छ । पहिलो र दोस्रो सेट २५–२७ र २०–२५ ले गुमाएको आर्मीले त्यसपछिको तीनै सेट क्रमश २५–१७, २५–२३ र १५–१२ को सेटमा आफ्नो पक्षमा पार्यो ।
दोस्रो जित निकालेको आर्मीले चार खेलबाट ६ अंक जोडेको छ । डायमण्डको यो लगातार चौथो हार हो । डायमण्डको चार खेलबाट २ अंक छ । आज नै पुरुषतर्फ हेल्प नेपाल र गण्डकी प्रदेश तथा एपिएफ र बुढानिलकण्ठबीच खेल हुनेछ ।
नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको । लिगको दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवैतर्फको उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
June 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताकी विपना ब्लोन र शीर्ष वरीयता प्राप्त अरहान्त केशर सिंहले १३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् । विपना र अरहान्तले गत साता सम्पन्न भएकाे प्रथम बागमती प्रेसिडेण्ट स्क्वास कप २०८२ को पनि उपाधि जितेका थिए । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार […]
June 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी काली युनाइटेड र आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) नवौं मोना अस्ट्रेलिया कप भलिबलको च्याम्पियन बनेको छ । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा भएको फाइनलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरी सम्मिलित मोनाले राष्ट्रिय टोलीकै पूर्व कप्तान मान बहादुर श्रेष्ठसम्मिलित […]
June 9, 2025
भुपेन्द्र जि.सी. नेपाल आईसीसी विश्वकप लिग-२ मा आइतबार राती घरेलु टोली स्कटल्याण्डसँग दुई रनले स्तब्ध भयो । जित्नलाई ३ सय २४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३ सय २१ रन बनाउँदै अल आउट भयो । आफ्नो ओडीआई इतिहासकै सर्वाधिक रन बनाएपनि नेपालले खेल भने जित्न सकेन । बलिङमा करण केसीले सुरुवातमा दुई विकेट […]