2 years ago
June 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार तथा साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले आठौं पिएम एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फको खेलमा विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ ।
नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा हेल्प नेपालले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । हेल्प नेपालले पुलिसलाई २५–२१, २५–२२, २५–१९ को सोझो सेटमा हरायो ।
यस जितसँगै हेल्प नेपालको ६ खेलबाट १६ अंक पुगेको छ । पुलिसको १४ अंक छ । आर्मीको खेलबाट १२ अंक छ । पुरुषतर्फ आज नै गण्डकी र आर्मी तथा सुदुर पश्चिम र बुढानिलकण्ठबीच खेल हुनेछ ।
आज नै महिलातर्फ चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड महिला भलिबल टिम र एभरेस्ट भलिबल क्लबले जित निकालेको छ । न्यु डायमन्डले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
एभरेस्टले नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ । शुक्रबार लिग चरणका अन्तिम खेलहरु हुनेछन् । महिलामा एपिएफ र आर्मी तथा एभरेस्ट र पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको । लिगको दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवैतर्फको उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]