1 year ago
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् ।
छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
ओबर्न बास्केटबल सेन्टर लिडकममा आइतबार भएको एक दिने प्रतियोगिता अन्तरगत पुरुषतर्फको फाइनलको पहिलो सेटमा १०–१७ ले पछि रहेको स्थिति उल्ट्याएर छन्त्यालले खेललाई २३–२३ को बराबरीमा ल्याउँदै २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
प्रतिस्पर्धात्मक दोस्रो सेट छन्त्यालले २३–२५ ले तथा तेस्रो सेट १५–२५ ले गुमाउन पुग्यो । त्यसपछि छन्त्यालले चौथो सेट २५–२२ तथा पाँचौं सेट १५–११ ले आफ्नो पक्षमा पार्दै उपाध जित्न सफल भयो ।
छन्त्यालले ६ प्रतियाेगितापछि उपाधि जित्न सफल भएकाे हाे । गत वर्ष माेनाले नै आयाेजना गरेकाे प्रतियाेगितापछि छन्त्यालले अस्ट्रलियामा भएकाे प्रतियाेगिताकाे उपाधि जित्न सकेकाे थिएन ।

उपाधिसँगै छन्त्यालले २ हजार ५ सय अस्ट्रेलियन डलरसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको मोनाले १ हजार ३ सय अस्ट्रेलियन डलरसँगै शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।
महिलातर्फ ढोरपाटन क्लब अस्ट्रेलिया पहिलो र पोखरा भलिबल क्लब दोस्रो भएको छ । पहिलो भएको ढोरपाटनले १ हजार २ सय अस्ट्रेलियन डलरसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पोखराले ७ सय अस्ट्रेलियन डलरसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुरुषतर्फ मोनाका पारस भण्डारी सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीसँगै मेडल र प्रमाणपत्र पाए ।
बास्केटबलतर्फ वाइल्ड याक्स पहिलो र डाउन टाउन स्लायर्स दोस्रो भए । विजेता वाइल्डले २ हजार २ सय अस्ट्रेलियन डलरसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको डाउन टाउनले १ हजार २ सय अस्ट्रेलियन डलरसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । वाइल्डका असिम श्रेष्ठ सर्वाेत्कृष्ट खेलाडी चुनिए ।

पुरुषतर्फ भलिबलमा १३ टोलीको सहभागिता रहेको थियो । महिलामा पाँच तथा बास्केटबलमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितालाई स्टुडेन्ट भाइब्सले मुख्य प्रायोजन गरेको थियो । यस्तै प्रतियोगितालाई एएलडी कर्पाेरेट, तृप्ति फाउन्डेसन, एसटिएम बिल्डिङ सर्भिस, नेपमार्ट, बिग वाई क्लिनिङ, हरि क्षेत्री, केसी एकाउन्टिङ, म्याग्दी रेमिट, टच क्लिनिङ सोलुसन, डिबि सर्भिस ग्रुप, डेली फ्रेस क्याफे, लालटिन र बुद्ध ज्वेलर्सले प्रायोजन गरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]