2 years ago
June 17, 2024
किंग्सटाउन (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टेस्ट राष्ट्र बंगलादेश विरुद्ध १ सय ७ रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ६ रन बनाएपछि नेपालले सो लक्ष्य पाएको हो ।
दक्षिण अफ्रिका विरुद्ध १ रनको झिनो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ रहेको छ । र नेपालले सुरुवात देखि नै बंगलादेशलाई दबाबमा राखेको थियो ।
इनिङको पहिलो बलमा नै सोमपाल कामीले नेपालका लागि पहिलो सफलता दिलाएका थिए । तान्जिद हसनको ब्याटमा एज लागेर सोमपालले नै क्याच गरेका थिए ।

दोस्रो सफलता दीपेन्द्र सिंह ऐरीले दोस्रो ओभरमा नाजमुल होसेन शान्टोको रूपमा लिए । शान्टो ४ रन बनाएर दीपेन्द्रद्वारा बोल्ड आउट भएका थिए ।
बंगलादेशका लागि केही आशलाग्दो सुरुवाती गरेका लिटन दास पाँचौं ओभरमा पेभेलियन फर्किए । १२ बलमा १० रन बनाएर उनी सोमपालको बलमा विकेटकिपर आशिफ शेखको हातबाट क्याच आउट भए ।
अर्को ओभरमा बलिङ गर्न आएका कप्तान रोहित पौडेलले पनि नेपालमा लागि सफलता दिलाए । ठूलो शट प्रहार गर्ने क्रममा टोहिद हृदोय ९ रन बनाएर सन्दिप लामिछानेको हातबाट समातिए ।

पाँचै विकेटका लागि शाकिब अल हसन र महमदुल्लाहले साझेदारी तोडिनु अघि २२ रनको साझेदारी गरे । महमदुल्लाह नवौं ओभरको अन्तिम बलमा १३ बलमा १३ रन बनाएर रनआउट भएका थिए ।
१२औं ओभरको चौथो बलमा शाकिब पनि पेभेलियन फर्किए । २२ बलमा १७ रन बनाएका उनलाई रोहित पौडेलले लेग बिफोर विकेटमा फसाएका थिए ।
१४औं ओभरमा सन्दिपको नाममा पहिलो विकेट रह्यो । तान्जिम हसन सकिबलाई उनले सुन्दर बल गर्दै बोल्ड गराए । १५औं ओभरमा सन्दिपले व्यक्तिगत दोस्रो विकेट लिए । २६ बलमा १२ रन बनाएका जाकेर अली पनि उनको बलमा बोल्ड भए । यो विकेट सन्दिपको १००औं टि-२०आई विकेट रहेको थियो ।

नवौं सफलता दीपेन्द्रले दिलाए । केही आक्रामक रहेका रिशाद होसेन ७ बलमा १३ रन बनाएर अनिल साहद्वारा लङ-अफमा क्याच आउट भएका थिए ।
अन्तिम विकेट अन्तिम ओभरमा नै रनआउटको रूपमा खस्यो । रोहित र दीपेन्द्रको साझेदारीमा मुस्तफिजुर रहमान ३ रन बनाएर रनआउट भएका थिए । बंगलादेशका तास्किन १५ बलमा १२ रन बनाएर अविजित रहे ।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दिप लामिछानेले समान २-२ विकेट लिए ।
कप्तान रोहितले ४ ओभरमा २० रन खर्चिए । सन्दिपले ४ ओभरको आफ्नो कोटा पुरा गर्दै १ मेडन सहित १७ रन दिए । यस्तै कुशल भुर्तेलले भने ४ ओभरमा २२ रन दिएर कुनै विकेट लिएनन् । १९औं ओभरमा पहिलो ओभर बलिङ गरेका अविनाश बोहोराले १ ओभरमा १० रन खर्चिए ।

December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]